प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

सवारी साधान दुर्घटना हुँदा ला.औ. गाँजा फेला

२०८०-०२-३०

  • A
  • A-
  • A+
Share


१.      सर्लाही, मिति २०८०।०२।२९ गते अं. १३:५० बजेको समयमा जिल्ला सर्लाही वरहथवा न.पा. १७ नहरको बाटो स्थितमा उत्तरबाट दक्षिण तर्फ जादै गरेको बा३८प ५२९६ न.को मो.सा. आफै अनियन्त्रित भई दुर्घटना भएको भनि ई.प्र.का.मुर्तिया सर्लाहीमा जानकारी प्राप्त हुन साथ ऐ १३:५५ बजेको समयमा ई.प्र.का.मुर्तिया सर्लाहीवाट प्र.ना.नि. अरबिन्द कुमार साहको कमाण्डमा ५ जनाको टोली र  ई.प्र.का. बरहथवाबाट प्र.ना.उ. मकेन्द्र कुमार मिश्रको कमाण्डमा ५ जनाको टोली खटि गएको,ऐ १४:०५ बजेको समयमा पुगि हेर्दा मो.सा. चालक फरार रहेको, घटना स्थलमा मो.सा. र मो.सा.मा  सवार अं. वर्ष ३१/३२ कि महिलाको टाउको, निधार,अनुहार र शरिरको विभिन्न भागमा चोट लागेको अवस्थामा देखि उपचारको लागि भेनस अस्पताल बरहथवा तर्फ पठाईएको अवस्था गम्भिर, प्रहरीको निग्रानिमा उपचार भई रहेको,(बोल्न नसकने) सोही मो.सा.मा रहेको पछाडी भिर्ने कालो कलरको झोला र जेब्रा झोला खोली हेर्दा एक/एक पोकाको दुई वटा झोलामा जम्मा दुई पोका (१० किलो) ला.औ.गाँजा फेला परेकोले मो.सा. र गाँजा नियन्त्रणमा लिई आवश्यक कार्बाहीको लागि ई.प्र.का.वरहथवामा पठाईएको ।

सम्बन्धित समाचार
खुद्रा सामानहरु सहित ट्रकहरु प्रहरीको नियन्त्रणमा
२०८२-०८-२६

१.      पर्सा, वीरगंज महानगरपालिका वडा नं. २१ परवानीपुर हनुमान चौकबाट अन्दाजी मुल्य रु. १,८६,६१,९७९।– बराबरको बिल बिजक भन्दा बढि भएको खुद्रा सामानहरु सहित ना ८ ख ४५६३ र ना ८ ख २१०८ नम्बरको ट्रकहरु मंगलबार राति प्रहरीले नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय पर्सा र प्रहरी चौकी परवानीपुरको संयुक्त प्रहरी टोलीले विशेष सूचनाको आधारमा वीरगंज बाट पथलैया तर्फ जादैं गरेको ट्रकहरु माथी शंका लागि रोकेर चेकजाँच गर्दा बिल बिजक भन्दा बढि भएको खुद्रा समानहरु फेला पारी उक्त सामानहरु सहित ट्रकहरु नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कारवाहीको लागी बिहिबार बिहान राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाईएको छ ।

लागु औषध सहित मानिस नियन्त्रणमा
२०८२-०८-२६

१    सिरहा, मिर्चैया नगरपालिका वडा नं. ७ छगरियाबाट लागु औषध ३.५ किलोग्राम गाँजा र बा ४२ प ४७७७ नम्बरको मोटरसाईकल सहित जिल्ला उदयपुर तापली गाउँपालिका वडा नं. २ लेखगाउँ नयाँ बस्ने नन्द बहादुर राईको छोरा अन्दाजी बर्ष ४८ को प्रेम बहादुर राईलाई बिहिबार बिहान प्रहरीले नियन्त्रणमा लिएको छ । अस्थायी प्रहरी पोष्ट फुलवरियाबाट खटिएको प्रहरी चेकिङ्ग टोलीले उदयपुरबाट मिर्चैया तर्फ आउँदै गरेको मोटरसाईकल रोकि चेकजाँच गर्ने क्रममामा निजले पछाडि बोकेको भिर्ने झोलाबाट लागु औषध फेला पारी उक्त लागु औषध र मोटरसाईकल सहित   निजलाई प्रहरीले नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । २. पर्सा, ठोरी गाउँपालिका वडा नं. ४ निर्मलबस्तीबाट लागु औषध ९१ किलोग्राम गाँजा बिहिबार राति प्रहरीले नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म हेडक्वाटर सुवर्णपुर पर्साबाट खटिएको सशस्त्र प्रहरीको गस्ति टोलीले नेपाल बाट भारत तर्फ जादै गरेको ९/१० जनाको अज्ञात व्यक्तिहरुले ढाँडमा बोकी लैजादै गरेको अवस्थामा प्रहरी टोलीलाई देखि गाँजा छाडि फरार भएकोले उक्त लागु औषध सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको हो । उक्त लागुऔषध सोहि दिन दिउँसो प्रहरी चौकी बिजयबस्तिका प्रहरी टोलीले बरामद गरी आवश्यक अनुसन्धान तथा कारवाहीको लागि इलाका पहरी कार्यालय ठोरी पठाएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

लागु औषध सहित मानिस नियन्त्रणमा
२०८२-०८-२५

१.         धनुषा, धनौजी गाउँपालिका वडा नं. ०४ तरही स्थितबाट लागू औषध ७८ पिस I-pan-10 र १५ पिस Spasmo – Proxyvon plus गरी जम्मा ९३ पिस सहित जिल्ला धनुषा सबैला नगरपालिका वडा नं. १३ रघुनाथपुर बस्ने शिव दयाल यादवको छोरा अन्दाजी वर्ष २५ को बैधनाथ यादवलाई बुधबार बेलुका प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी चौकी धनौजीबाट खटिएको प्रहरी चेकिङ् टोलिले विशेष सुचनाको आधारमा भारतबाट नेपाल तर्फ आउदै गरेको पैदल यात्रीलाई प्रहरीले नियन्त्रणमा लिई कानुन बमोजिम रितपुर्वक चेकजाँच गर्दा निजको साथबाट उक्त लागू औषध फेला परेको हुँदा लागू औषध सहित निजलाई प्रहरीले नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

स्रोत नखुलेको पैसा (रकम) सहित मानिस नियन्त्रणमा
२०८२-०८-२४

१. सिरहा, बरियारपट्टि गाउँपालिका वडा नं. २ स्थितबाट स्रोत नखुलेको नेपाली रकम नगद रु. ७,००,०००।– (सात लाख), BR32AW 8377 नं. को स्कुटी सहित जिल्ला सिरहा बरियारपट्टि गाउँपालिका गडा नं. ३ बस्ने गणेशी महतोको छोरा अन्दाजी बर्ष ४६ को दिनेश महतोलाई मंगलबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय सिरहा, इलाका प्रहरी कार्यालय महेशपुरपतार र प्रहरी चौकी कचनारीबाट खटिएको प्रहरीको संयुक्त टोलीले विशेष सुचनाको आधारमा भारतबाट नेपाल तर्फ आउदै गरेको स्कुटि रोकी चेकजाँच गर्दा स्कुटिको डिकीमा लुकाई छिपाई राखेको स्रोत नखुलेको नेपाली पैसा फेला पारी उक्त पैसा, स्कुटि सहित निजलाई प्रहरीले नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।   

लागु औषध सहित मानिस नियन्त्रणमा
२०८२-०८-२४

१. पर्सा, बिरगंज महानगरपालिका वडा नं. १६ नगवा पोखरी स्थितबाट लागू औषध ब्राउन सुगर जस्तो देखिने वस्तु  (प्लाष्टिक सहित ३०० मिलिग्राम र प्लाष्टिक बाहेक १२० मिलिग्राम) सहित बिरगंज माहानगरपालिका वडा नं. १६ नगवा बस्ने राजवलि महतोको छोरा अन्दाजी वर्ष २० को नितेश महतोलाई मंगलबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । वडा प्रहरी कार्यालय बिर्ताबाट खटिएको प्रहरी गस्ति टोलिले निज पैदल यात्री माथी शंका लागि चेकजाँच गर्दा निजले लगाएको ज्याकेटको दाँया खल्तिमा लुकाई छिपाई राखेको लागू औषध ब्राउन सुगर फेला पारी उक्त लागू औषध सहित निजलाई प्रहरीले नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।२. पर्सा, वीरगंज महानगरपालिका वडा नं. १५ प्रतिमा चौकबाट लागू औषध Tramol-50 लेखेको ६०५३ पत्ता - ६०५३० पिस) सहित जिल्ला धादिङ बेनीघाट रोराङ गाउँपालिका वडा नं. ६ बस्ने कुमार मगरको छोरा अन्दाजी बर्ष १९ को रामहरी मगर र जिल्ला धादिङ्ग सिदलेख गाउँपालिका वडा नं. ७ बस्ने गोबिन्द बहादुर मगरातीको छोरा अन्दाजी बर्ष १९ को राजकुमार मगरातीलाई मंगलबार बेलुका प्रहरीले नियन्त्रणमा लिएको छ । वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको प्रहरी गस्ती टोलिले गोप्य सुचनाको आधारमा वीरगंज बाट काठमाण्डौं तर्फ जादैं गरेको बागमति प्रदेश ०८-००१ ज ०११७ नं. को EV गाडी रोकी चेकजाँच गर्दा उक्त गाडिमा रहेको दुई वटा सुटकेशमा लुकाई छिपाई राखेको अवस्थामा उक्त लागु औषध फेला पारी लागू औषध सहित निजहरुलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।थप: माथी उल्लेखित लागु औषध सम्बन्धी प्रारम्भिक अनुसन्धानको शिलशिलामा जिल्ला पर्सा वीरगंज महानगरपालिका वडा नं.२४ रामगढवा टोल बस्ने अन्दाजी बर्ष ४५ को लालबाबु प्रसाद चौरसियाको घरमा खानतलासी गर्दा Tramol-50 लेखिएको लागु औषध १५३४ पत्तामा जम्मा १५३४० क्याप्सुल सहित जिल्ला पर्सा वीरगंज महानगरपालिका वडा नं. २४ बस्ने कन्हैया प्रसाद कुर्मीको छोरा अं.बर्ष २० को युवराज पटेल र सोहि स्थान बस्ने बच्चा देवानको छोरा अं.बर्ष २१ को अफजल देवानलाई बुधबार राति प्रहरीले नियन्त्रणमा लिएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । ३. पर्सा, वीरगंज महानगरपालिका वडा नं. १० ठाकुराम क्याम्पसको नयाँ भवनबाट लागू औषध खैरो हेरोईन जस्तो देखिने वस्तु (प्लाष्टिक सहित १ ग्राम ६३० मिलिग्राम र प्लाष्टिक बाहेक १ ग्राम ४४० मिलिग्राम) सहित वीरगंज महानगरपालिका वडा नं. १७ अलौ बस्ने रामबाबु प्रसाद गुप्ताको छोरा अन्दाजी बर्ष २४ को बिशाल कुमार गुप्तालाई मंगलबार दिउँसो नियन्त्रणमा प्रहरीले लिएको छ । वडा प्रहरी कार्यालय बिर्ताबाट खटिएको प्रहरी गस्ति टोलिले निज पैदल यात्री माथी शंका लागि चेकजाँच गर्दा निजले बोकेको पर्सको भित्र लुकाई छिपाई राखेको लागू औषध खैरो हेरोईन फेला पारी लागू औषध सहित निजलाई प्रहरीले नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । ४. धनुषा, जनकपुर उप-महानगरपालिका वडा नं. १६ कपिलेश्वर चेक पोईन्टबाट लागुऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ (प्लाष्टिक सहित ४.७२० मिलिग्राम र प्लाष्टिक बाहेक ३.७६ मिलिग्राम), प्रदेश २-०२-००१ प ९१७३ नं.को मोटरसाईकल सहित जिल्ला धनुषा विदेह नगरपालिका वडा नं. १ ठाडी बस्ने राम प्रसाद साह तेलीको छोरा अन्दाजी बर्ष ४१ को अशोक कुमार साहलाई मंगलबार साँझ प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी चौकी कपिलेश्वरबाट खटिएको प्रहरी चेकिङ्ग टोलीले भोईल बाट जनकपुर तर्फ आउदै गरेको मोटरसाईकल माथी शंका लागि चेकजाँच गर्दा उक्त मोटरसाईकलको सिट मुनी कालो प्लाष्टिकमा लुकाई छिपाई राखेको लागुऔषध फेला पारी उक्त लागुऔषध सहित मोटरसाईकल र निजलाई प्रहरीले नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

बिल बिजक नभएको औषधीहरु नियन्त्रणमा
२०८२-०८-२४

१. बारा, जितपुरसिमरा उप-महानगरपालिका वडा नं. २१ अम्लेखगंज चेक पोईन्टबाट अन्दाजी मुल्य रु. ५,१७,७९४।– (पाँच लाख सत्र हजार सात सय चौरानब्बे रुपैया) बराबरको बिलबिजक नभएको भारतबाट ल्याईएका औषधीहरु मंगलबार बिहान प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय अम्लेखगंजबाट खटिएको प्रहरी चेकिङ्ग टोलिले बिशेष सुचनाको आधारमा वीरगंजबाट काठमाण्डौं तर्फ जादै गरेको बागमति प्रदेश ०१-००६ ख ७८२० नम्बनको यात्रु बाहक बस रोकि चेकजाँच गर्दा लुकाई छिपाई राखेको Pregout Kit लेखिएको ९० पत्ता, Zenegra Red लेखिएको ८७८ पत्ता र V-Good Health लेखिएको ४०० पत्ता औषधीहरु फेला पारी उक्त औषधीहरु प्रहरीले नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।  २. सर्लाही, बागमति नगरपालिका वडा नं. १२ कर्मैया चेकपोष्टबाट बिल-बिजक नभएको १९२ किलोग्राम अन्दाजी मुल्य रु. ४,५०,००० ।- (चार लाख पचास हजार) बराबरको (कालो ठुलो) इलाईची मंगलबार बिहान प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय हरिवन र कर्मैयाको संयुक्त प्रहरी टोलीले बिशेष सुचनाको आधारमा गौर बाट जनकपुर तर्फ जादै गरेको ना ४ ख ८४८६ नम्बरको यात्रु बाहक बसलाई रोकी चेकजाँच गर्दा उक्त बसमा लुकाई छिपाई लैजादै गरेको इलाईची फेला पारी प्रहरीले नियन्त्रण लिई आवश्यक अनुसन्धान तथा कारवाहिको लागि मलगंवा भन्सार कार्यालयमा बुझाएको छ ।