ला.औ.सहित मानिस पक्राउ
२०८०-०३-०४
- A
- A-
- A+
१.
पर्सा, मिति २०८०/०३/०३ गते अं.१२:३० वजेको
समयमा जिल्ला पर्सा बिरगंज म.न.पा वडा नं.०१ छप्कैया स्थितमा व.प्र.का.बिर्ता
पर्साबाट खटिएको चेकिङ टोलीले भारतबाट बिरगंज तर्फ आउँदै गरेको
प्रदेश-२-०२००४प.६४४७ नं.को मो.सा.रोकी चेकजाँच गर्दा मो.सा.चालक बी.म.न.पा.-२४
बस्ने मनोज कुमार दुबेदिको छोरा वर्ष १८ को रोहन कुमार दुबेदि को साथबाट ला.औ.TRAMODAL
HYDROCHLORIDE DICYCLOMINE लेखिएको
जम्मा २४ पिस टयाब्लेट फेला पारी निजलाई उक्त नं.को मो.सा.सहित नियन्त्रणमा
लिई आवश्यक कार्वाहीको लागी व.प्र.का.बिर्ता पर्सामा ल्याई राखिएको ।
२.
सिरहा, मिति
२०८०।०३।०३ गते अं. १९:०० बजेको समयमा जिल्ला
सिरहा बरियारपट्टी गा.पा. ०३ दुर्गा मन्दिर स्थितमा ई.प्र.का.बरियारपट्टी
सिरहाबाट प्र.ह. को कमाण्डमा खटिएको पिकेट
टोलिले भारतबाट नेपाल तर्फ आउदै गरेको पैदल यात्री जिल्ला सिरहा गोलबजार न.पा.११
बस्ने आउ अंसारीको छोरा अं. बर्ष १८ को आशिक अंसारी र ऐ.ऐ.बस्ने ममताज खानको छोरा
अं. बर्ष २० अलि खानलाई संका लागी चेकजाँच गर्दा निज अलि खानको खल्तिबाट nitrosum १० लेखेको टेबलेट २ पाता जस मध्ये ५ वटा ट्याब्लेट खाईसकेको र बाँकी रहेको
१५ पिस ट्याब्लेट ला.औ. बरामद गरी मानिस सहित नियन्त्रण लिई ई.प्र.का.बरियारपट्टी
सिरहामा ल्याई राखिएको ।