लागु औषध सहित मानिस नियन्त्रणमा
२०८०-०३-०८
- A
- A-
- A+
पर्सा, मिति
२०८०।०३।०७ गते अं.२२:०० बजेको समयमा जिल्ला पर्सा बीरगंज म.न.पा.-१४ गण्डक चोक
स्थितमा प्रहरी चौकी गण्डक, पर्साबाट प्र.स.नि.को कमाण्डमा खटिएको चेकिङ टोलीले
बीरगंजबाट गण्डक तर्फ जाँदै गरेको पैदलयात्री जिल्ला मकवानपुर हेटौंडा
उ.म.न.पा.-१५ बस्ने बाबुलाल वाईबाको छोरा बर्ष २० को छोईसाङ वाईबाले दाहिने
खुट्टाको पिडौलामा लुकाई छिपाई ल्याएको Tramadol Capsul २१ पत्ता (२१०
पिस) फेला पारी निजलाई उक्त ला.औ. सहित नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागी व.प्र.का. बिर्तामा पठाईएको । साथै, जिल्ला
पर्सा बिरगंज म.न.पा. वडा नं. २५ सिर्सिया बस्ने ढोराई सहनीको छोरा अं. २२ को
शिवनारायण सहनीले आफ्नै घरमा हो-हल्ला गरी रहेको भन्ने खबर प्राप्त हुन साथ प्रहरी
चौकी सिर्सिया पर्साबाट प्र.ब.ना.नि. को कमाण्डमा टोली खटिगई निजलाई नियन्त्रणमा
लिई सोधपुछ चेकजाँज गर्दा निजको साथबाट ला.औ. नाईट्रोभेट ३७ पिस फेला परेकोले
ला.औ. सहित निजलाई आवश्यक अनुसन्धानको लागी प्रहरी चौकी सिर्सियामा ल्याई राखिएको
।