प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

फरार प्रतिवादी पक्राउ

२०८०-०३-१२

  • A
  • A-
  • A+
Share


पर्सा, मिति २०८०।०३।११ गते जि.प्र.का.पर्सा तथा मातहत समेतबाट खटिएको प्रहरी टोलीले २ जना बिभिन्न मुद्धाका फरार प्रतिवादीहरुलाई पक्राउ गरी आवश्यक कार्वाहीको लागी जि.प्र.का. पर्सा जिल्ला अदालत बिरगंज पर्सामा दाखिला गराएको ।

 

बारा, मिति २०८०।०३।११ गते अं १३:४५ बजेको समयमा जिल्ला बारा जितपुरसिमरा उ.म.न.पा.४ बस्ने अं बर्ष ५५ को सेख मजरुलहक मिया लागुऔषध मुद्दाको जरिवाना रु.१०००।-, कैद १ महिना, भएको फरार प्रतीबादीलाई निजकै गाउँबाट प्र.ब.ह.को टोलिले नियन्त्रणमा लिई ई.प्र.का.सिमरा पठाएको ।

 

रौतहट, मिति २०८०।०३।११गते अं १४;०० बजेको समयमा जि.रौतहट गरुडा न.पा.६ पोठियाहि बस्ने जुवा मुद्दाको फरार प्रतिवादि प्रमेश्वर साहको छोरा बर्ष ५५ को जगरनाथ साह आफ्नै गाँउ घरमा लुकिछिपि बसेको छ भन्ने खबर प्राप्त हुन साथ ई.प्र.का.शिवनगर रौतहटबाट प्र.ना.नि.को कमाण्डमा खटिगएको टोलिले नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको लागी ई.प्र.का.गरुडा पठाईएको । साथै,  जिल्ला रौतहट गरुडा न.पा.२ गेठहिगुढी बस्ने कुटपिट लुटपिट मुद्दाको फरार प्रतिवादि बलिराम सहनी भन्ने कृष्नन्दन सहनीको छोरा बर्ष २८ को अनिल सहनी आफ्नै गाँउ घरमा लुकिछिपि बसेको छ भन्ने खबर प्राप्त हुन साथ यस का बाट प्र.ना.नि.सुवासराज भण्डारी(९८५१३३७६१५)को कमाण्डमा खटिगएको टोलिले नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको लागी ई.प्र.का.गरुडा पठाईएको  स्थान यस का  बाट २  कि.मि.पुर्व  पर्ने अन्य बि.बि.पछी जाहेर गरिने ।

 

सप्तरी, मिति २०८०।०३।११ गते अं.१०:०० बजेको समयमा जिल्ला सप्तरी तिलाठी कोईलाडी  गा.पा ४ बस्ने गोरी मण्डल  जरिवना रु.११४०/-, चोरी र अन्य मुद्दाको फरार प्रतिबादिलाई प्र.चौ कोबर्साई सप्तरीबाट  प्र.ना.नि.को  कमाण्डमा टोली खटीगई  निज गौरी मण्डललाई  पक्राउ गरी जिल्ला अदालत सप्तरीमा पठाईएको । साथै, मिति २०८०/०३/१० गते  प्रहरी चौकी तिलाठी सप्तरी बाट प्र.ना.नि को कामाण्डमा टोली खटि गई कुटपिट  मुदाको रु ५००।-जरिबाना तोकीएको फरार प्रतिबादी जिल्ला सप्तरी तिलाठी कोईलाडी गा.पा वडा नं.३ सकरपुरा बस्ने बर्ष ५० को रामानन्द मुखियालाई नियन्त्रणमा लिई आवश्यक  करवाही को लागि जिल्ला आदालतमा बुझाइएको ।

 

 


सम्बन्धित समाचार
लागु औषध सहित मानिस पक्राउ
२०८१-०४-०९

१.     पर्सा, बिरगंज म.न.पा. वडा नं. १४ स्थितमा बिरगंज देखि हेटौडा नरायणघाट सम्म चल्ने यात्रु बाहक बसमा लागु औषध नाईट्राजेपाम ट्याबलेट ३४ पिस सहित जिल्ला मकवानपुर हेटौडा उ.म.न.पा. वाड नं.१३ मगर टोल बस्ने जयराम आचार्याको छोरा अं.बर्ष १८ को रोनिल आचार्यालाई प्रहरी चौकी गण्डक बाट खटिएको चेकिङ्ग टोलीले नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।  २.     पर्सा, बिरगंज म.न.पा. १६ फुलवारी टोल स्थित ला.औ.ओसार पसार गर्ने भन्ने गोप्य सुचनाको आधारमा जि.प्र.का. पर्सा र ई.प्र.का. नगवाको सयुक्त टोलीले घर खानतलासी गर्ने क्रंम्मा लागु औषध ८ के.जी .२३७ ग्राम चरेश जस्तो देखिने पदार्थ बरामद सहित ऐ.ऐ. बस्ने बर्ष ६५ को आसिद मिया र बर्ष ४२ की कायमा खातुनलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । ३.     पर्सा, बिरगंज म.न.पा.वडा  नं. २१ स्थित दिपक होटेलमा लागु औषधको कारोबार भईरहेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरी चौकी परवानीपुर र लागु औषध नियन्त्रण व्युरो पर्सा बाट संयुक्त टोलीले चेकजाँच गर्दा लागु औषध नुफिन – ५४० एम्पुल , डाईजेपाम ५२४ एम्पुल, र फेनारागन ५२८ एम्पुल गरी  जम्मा १५९२ एम्पुल सहित देश भारत जिल्ला मोतिहारी घर भई रक्शौल वस्ने अं.वर्ष १९ को सोनु  कुमार सराफ र ऐ.ऐ. वस्ने  अं.वर्ष १८ को राज कुमार दास सहित निजहरुले प्रयोग गरेको BR-05 AJ 2109 नम्बरको सुपर स्पलेन्डर मो.सा. र  BR-05-BA 6282 नम्बरको मो.सा.२ थान र निजहरको साथ बाट फेला परेको मोबाईल सेट थान ३ (तिन) सहित प्रहरीले नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

लागू औषध सहित मानिस नियन्त्रणमा
२०८१-०४-०७

१.     बारा, सिम्रौनगढ नगरपालिका ९ वसवरिया स्थितबाट लागू औषध Nitrovet Tablet-19 पीस, Tramadol Capsules-10 पीस सहित जिल्ला बारा आदर्श कोतवाल गा.पा. ४ चिउटाहा बस्ने वर्ष २० को जमसेद आलमलाई आईतवार राती प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी कचोर्वाबाट खटिएको प्रहरी चेकिङ टोलीले भारतबाट बसवरिया तर्फ आउँदै गरेको BR 05 L 6070 नम्बरको मोटरसाइकललाई चेक जाँच गर्ने क्रममा निजलाई उक्त लागू औषध सहित नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । २.     महोत्तरी, सम्सी गाउँपालिका ६ मस्जिद चोक स्थितबाट लागु औषध नुरफिन ईन्जेक्सन ४ एम्पुल, फेनारगन ४ एम्पुल, नाईट्रोभेट ट्याब्लेट ४ पिस, डाइजेपाम ४ पिस र १० लेखिएको खुल्ला ट्याब्लेट २ पिस सहित जिल्ला धनुषा जनकपुर उप-महानगरपालिका १४ बस्ने वर्ष १७ को बिमल यादव र जिल्ला महोत्तरी पिपरा गा.पा.१ खैरवा बस्ने बर्ष १९ को निरज कुमार यादवलाई आईतवार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी सम्सीबाट खटिएको प्रहरी टोलिले चेकजाँच गर्ने क्रममा भारत बन्दहवाबाट सम्सी तर्फ आउँदै गरेको म.प्र.०२-००६ प १४६४ नम्बरको मोटरसाइकलमा सवार निजहरुलाई उक्त लागू औषध सहित नियन्त्रणमा लिएको हो । यस सन्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । ३.     सिरहा, नबराजपुर गाउँपालिका ५ कुसण्डी स्थितबाट लागू औषध Diazepam Injection 2MI लेखिएको १०० एम्पुल, Buprenorehine Injection 2MI लेखिएको १०० एम्पुल, promethazine hybrochloride Injection 2MI लेखिएको १०० एम्पुल गरी जम्मा ३०० एम्पुल (Injection) सहित जिल्ला सिरहा नबराजपुर गा.पा. १ बस्ने बर्ष ४३ को श्याम सुन्दर यादवलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय झाझपट्टीबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ आउँदै गरेको को.३ प. ५६०६ नम्बरको मोटरसाइकलमा सवार निजलाई चेक जाँच गर्ने क्रममा उक्त लागू औषध सहित नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।  

लागू औषध सहित मानिस नियन्त्रणमा
२०८१-०४-०६

१.     पर्सा, बिरगंज महानगरपालिका २५ सिर्सिया स्थितबाट लागू औषध ब्राउन सुगर जस्तो देखिने पदार्थ २ पुरिया (तौल नखुलेको), नाईट्राभेट-१० लेखिएको १६ पिस ट्याब्लेट र गाँजा ११ ग्राम सहित जिल्ला पर्सा बिरगंज महानगरपालिका १ बस्ने बर्ष १९ को रोहित साह तेलीलाई शनिवार राती प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय छप्कैयाबाट खटिएको प्रहरी टोलीले सिर्सिया स्थित भारतबाट छप्कैया तर्फ आउँदै गरेको अवस्थामा चेक जाँच गर्ने क्रममा निजलाई उक्त लागू औषध सहित नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । २.     पर्सा, बहुदरमाई नगरपालिका ९ बिश्रामपुर स्थितबाट लागू औषध गाँजा ५ किलो सहित सोही स्थान बस्ने बर्ष १६ को अमिरी साह गुप्तालाई शनिवार राती प्रहरीले पक्राउ गरेको छ । अस्थाई प्रहरी पोष्ट बहुअर्वाभठाबाट खटिएको प्रहरी टोलीले चेक जाँच गर्ने क्रममा नम्बर नखुलेको मोटरसाईकलमा सवार निजलाई उक्त लागू औषध सहित नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । ३.     सर्लाही, ईश्वरपुर नगरपालिका ७ स्थितबाट लागू औषध Nitravet-10 लेखिएको ९० ट्याब्लेट, Nitrazepam लेखिएको २२० ट्याब्लेट र CCTV थान २ सहित ईश्वरपुर न.पा. ९ रामनगर बस्ने वर्ष १९ को बिकी साहलाई शनिवार राती प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय केशरगंजबाट खटिएको प्रहरी गस्ती टोलिले चेकजाँच गर्ने क्रममा निजलाई उक्त लागू औषध र CCTV सहित नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।  ४.     सिरहा, मिर्चैया नगरपालिका ६ कटारी चोक स्थितबाट लागू औषध गाँजा ५०० ग्राम सहित जिल्ला सिरहा मिर्चैया नगरपालिका ५ बस्ने बर्ष २८ को भोला पंजियारलाई शनिवार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरी टोलीले चेक जाँच गर्ने क्रममा निजलाई उक्त लागू औषध सहित नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

फरार प्रतिवादी पक्राउ
२०८१-०४-०६

१.     सिरहा, कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी जिल्ला सिरहा अर्नमा गाउँपालिका २ ब्रहमपुरी टोल बस्ने बर्ष ५२ को बचाई महतोलाई शनिवार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला सिरहा अर्नमा गाउँपालिका २ ब्रहमपुरी टोल स्थित मैनाबती खोलाको धारको चौरीमा सोही स्थान बस्ने बर्ष ५२ को बुधराम महतोलाई निज बचाई महतोले धारिलो हतियार प्रहार गरी घाँटी काटि कर्तब्य गरी फरार रहेकोमा जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको प्रहरी टोलिले खोजतलास गर्दै जाने क्रममा जिल्ला सिरहा औरही गाउँपालिका २ दरहैया स्थित नेपाल-भारतको सिमाना नजिक लुकीछिपी बसिरहेको अवस्थामा निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।