अवैध लागूऔषध सहित तिन (३) जना मानिसहरु नियन्त्रणमा
२०८०-०३-१७
- A
- A-
- A+
सिरहा, मिति
२०८०।३।१३ गते अं. १६:०० बजेको समयमा विशेष सूचनाको आधारमा लागू औषध नियन्त्रण ब्युरो शाखा
कार्यालय गोलबजारबाट प्र.स.नि. र जिल्ला प्रहरी कार्यालय सिरहाबाट प्र.नि. को
कमाण्डमा खटिगएको संयुक्त टोलीले जिल्ला सिरहा सिरहा नगरपालिका वडा नं. ७ ट्राफिक
चोक स्थित निग्रानी गरी रहेकोमा दक्षिण तर्फबाट उत्तर तर्फ स. १० प. ६१७७ नम्बरको
मो.सा.मा निम्न ३ जना व्यक्तिहरु चढी आई ऐ. स्थित रहेको लक्ष्मी डेरी अगाडी
मोटरसाईकल रोकी सो भित्र प्रवेश गरी बसी एक आपसमा कुराकानी गरिरहेकोमा निजहरु माथि
शंका लागी चेकजाँच गर्दा जिल्ला सिरहा सिरहा नगरपालिका वडा नं. २० बस्ने हरि
नारायण कारकको छोरा बर्ष १९ को सत्यनारायण कारकले बोकेको झोला भित्र लुकाई छिपाई
राखि लिई आएको खैरो हिरोईन जस्तो देखिने लागूऔषध ६२.२१ ग्राम र तौल गर्ने डिजिटल
मेसिन समेत फेला परेकोले उक्त ला.औ. र तौल गर्ने मेसिन र मो.सा. सहित निज तीनै जनाहरुलाई
नियन्त्रणमा लिई जि.प्र.का. सिरहामा ल्याई सोधपुछ गर्दा निजहरु मध्ये सत्य नारायण
कारक ऐ. वडा नं. ७ स्थित डेरा कोठा गरी बसेको कोठामा लागूऔषध लुकाई छिपाई राखेको छ
भन्ने खुल्न आएकोले निजको कोठाबाट मिती २०८०।०३।१५ गते ८.७२ ग्राम ला.औ. (खैरो
हिरोईन) समेत रित्तपुर्वक बरामद गरी सम्मानित
सिरहा जिल्ला अदालतबाट लागूऔषध मुद्दामा दिन (१०) को म्याद लिई जिल्ला प्रहरी
कार्यालय सिरहाबाट थप अनुसन्धान भई रहेको ।
निम्नः-
१.
जिल्ला सिरहा सिरहा न.पा. २० बस्ने हरि नारायण
कारकको छोरा बर्ष १९ को सत्यनारायण कारक ।
२.
ऐ.
वडा नं. ८ बस्ने श्रवण ठाकुरको छोरा बर्ष २० को विवेक ठाकुर – मो.सा. चालक ।
३.
ऐ. बस्ने राजी यादवको छोरा बर्ष १९ को मनिष
यादव ।