मो.सा. चोरी गरिरहेको अवस्था २ जनालाई पक्राउ गरी मो.सा. सम्बन्धित धनिलाई बुझाईएको
२०८०-०३-१७
- A
- A-
- A+
धनुषा, मिति
२०८०।०३।१६ गते बिहान १०:३० बजेको समयमा जिल्ला धनुषा ज.उ.म.न.पा.-१४ वस्ने सरोज
कुमार यादवको ऐ. १३ स्थित पिडारी चोकमा पार्किङ गरि राखेको प्रदेश ०२-००३ प. ३७८४ न.
को २२० सि.सि. को पल्सर मो.सा. जिल्ला धनुषा ज.उ.म.न.पा.-१ बस्ने वर्ष २५ को
देवेन्द्र साह र ऐ. १७ बस्ने वर्ष १८ को रविन्द्र कुमार पासवान समेतले चोरी गर्दै
गरेको अवस्थामा मो.सा. सहित निज दुवै जनालाई नियन्त्रणमा लिई जि.प्र.का. धनुषामा
ल्याई उक्त मो.सा. सम्बन्धित धनिलाई बुझाईएको र मो.सा. चोरी गर्ने देवेन्द्र साह र
रविन्द्र कुमार पासवान माथि थप अनुसन्धान कार्य भईरहेको ।