घरेलु मदिरा नियन्त्रणमा
२०८०-०३-१७
- A
- A-
- A+
१.
बारा, मिति
२०८०/०३/१६ गते अं.१७:०० बजेको समयमा जि.बारा जितपुरसिमरा उ.म.न.पा.-०२ स्थित
सिमरा चौक नजिकै ई.प्र.का. सिमरा, बाराबाट प्र.स.ह. को कमाण्डमा खटिएको QRT टोलीले बिशेष सुचनाको आधारमा पथलैयाबाट
विरगंज तर्फ जाँदै गरेको ना ५ ख ८०२ नं.को बसलाई रोकी चेकजाँच गर्दा अवैध रुपमा
ल्याउँदै गरेको अं.२१० लिटर (१४ बोरा) घरेलु मदिरा फेला पारी मदिरा सहित ऐ.२१
अमलेखगंज बस्ने अं.बर्ष ४० की सुनिता गुरुङ र ऐ.ऐ.बस्ने अं. बर्ष ३० की बिना गुरुङलाई
नियन्त्रणमा लिई ई.प्र.का. सिमरामा ल्याई राखिएको ।
२.
सप्तरी, मिति
२०८०।०३।१६ अं. १४:३० बजेको समयमा जि. सप्तरी अग्निसाईर कृष्णसवरण गा.पा. ४ बनौली
स्थितमा मदिरा भट्टी सञ्चालनमा छ भन्ने गोप्य सुचनाको अधारमा ई.प्र.का. महुली
सप्तरीबाट प्र.ब.ना.नि. को कमाण्डमा ६ जनाको प्रहरी टोलि खटि गई ३ वटा छाप्रो घरमा
चेक जाँच गर्दा अवैध रुपमा मदिरा बनाउने कच्चा पदार्थ अं. १००० लिटर, माटोको चुल्हा
३ वटा, मदिरा बनाउने भाँडा वर्तन समेत सोहि स्थानमा पोखि, तोडफोडि नष्ट गरिएको ।