प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लागु औषध सहित मानिस नियन्त्रणमा

२०८०-०३-२०

  • A
  • A-
  • A+
Share


१.      पर्सा, मिति २०८०।०३।१९ गते अं. १८:३० बजेको समयमा जिल्ला पर्सा पोखरिया न.पा. वडा नं. ६ सिर्सिया स्थितमा सिर्सियाबाट मानिपुर तर्फ जाँदै गरेको BR22AW7601 नं.को मो.सा.को बिचमा बोरामा राखि गाँजा ल्याउँदैछ भन्ने खबर प्राप्त हुना साथ ई.प्र.का. पोखरिया पर्साबाट प्र.नि.को कमाण्डमा टोलि खटिगई उक्त नं.को मो.सा रोकी चेकजाँच गर्दा बोरा भित्र झोलामा लुकाई छिपाई ल्याउँदै गरेको अं. ६ के.जि. ला.औ. गाँजा फेला पारी गाँजा, मो.सा. सहित मो.सा. चालक जिल्ला पर्सा कालिकामाई गा.पा. ५ बस्ने बर्ष ३२ को रन्जित  कुमार राउत र सोही मो.सा. पछाडि सवार ऐ. बस्ने बर्ष २८ को जितेन्द्र कुमार महतोलाई नियन्त्रणमा लिई आवश्यक कार्वाहिको लागि ई.प्र.का. पोखरीयामा ल्याई राखिएको ।

 

२.      पर्सा, मिति २०८०/०३/१९ गते अं. १९:३० बजेको समयमा जि.पर्सा बि.म.न.पा.वडा नं. १६ रजतजयन्ति चौक स्थितमा प्र.चौ. ईनर्वा पर्साबाट खटिएको प्र.स.नि.को टोली र ला.औ. ब्युरो शाखा कार्यालय बिरगंजबाट खटिएको संयुक्त चेकिङ टोलिले चेकजाँच गर्ने क्रममा जि. मकवानपुर हेटौंडा उ.म.न.पा. ८ कमाने बस्ने सोम बहादुर राईको छोरा अं. बर्ष २९ को राजु राईको साथबाट ला.औ. खैरो हिरोईन जस्तो देखिने पदार्थ २ पुरियामा अं.१ ग्राम फेला पारी ला.औ. सहित निजलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी व.प्र.का. बिर्तामा ल्याई राखिएको ।

३.      पर्सा, मिति २०८०।०३।१९  गते अं. ८:४५ बजेको  समयमा जिल्ला पर्सा बिरगंज महानगपालिका वडा नं.१६ रतजयन्ति चौक स्थित प्र.चौ ईनर्वा पर्सा र लागु औषध ब्युरो शाखा कार्यालय बिरगंज पर्साबाट  खटिएको संयुक्त चेकिङ टोलिले चेकजाँच गर्ने क्रममा जिल्ला मकवानपुर हेटौंडा उ.म.न.पा वडा नं.८ कमामे टोल बस्ने दुर्गा शर्माको छोरा बर्ष २४ को ईश्वर शर्माले भारत रक्सौलबाट बिरगंज तर्फ पैदल आउँदै गरेको अबस्थामा निजलाई चेकजाँच गर्दा निजले लगाएको जिन्स पाईन्टको खल्तिमा लागु औषध नाईट्राभेट ट्याब्लेट ७५ पिस फेला परेको हुँदा आवश्यक कार्वहीको लागि वडा प्रहरी कार्यालय विर्ता पर्सामा ल्याइएको ।

४.      बारा, मिति २०८०।०३।१९ गते अं.१६:०० बजेको समयमा जि.बारा निजगढ न.पा. ११ उनासिकिलो पुल स्थित पुर्व पश्चिम लोक मार्ग सडक खण्डमा प्र.स.नि.को कमाण्डमा खटिएको चेकिङ टोलीले पोखराबाट जनकपुर तर्फ आउँदै गरेको ग १ ख ९९२८ नं.को बस A साईटको सिट नं. ६मा बसि सवार  जिल्ला धनुषा ढल्केवर न.पा. वडा नं.७ केमलीपुर बस्ने रामबली साहको श्रीमती अं. बर्ष ३० कि राम पुकारी साहले आफ्नो साथमा रहेको कालो झोलामा लुकाई छिपाई  राखेको अं. ६ किलो ५०० ग्राम ला.औ. (गाँजा), बस, बस चालक जिल्ला पर्वत कुश्मा न.पा. वडा नं.८ बस्ने बर्ष अं.४५ को कमल दमाई र सह-चालक जिल्ला तनहुँ ब्यास न.पा.११ बस्ने अं. बर्ष २१ को अमित लम्साललाई नियन्त्रणमा लिई ई.प्र.का. निजगढ बारामा राखिएको ।

 

५.      सर्लाही, मिति २०८०।०३।१९ गते अं. १६:३० बजेको समयमा जिल्ला सर्लाही हरिपुर न.पा.४ हरैया स्थित नवलपुर-मलंगवा सडक खण्डमा ई.प्र.का. हरिपुर सर्लाहीबाट प्र.ना.नि. को कमाण्डमा खटिएको चेकिङ टोलीले चेकजाँच गर्ने क्रममा मलंगवाबाट नवलपुर तर्फ जाँदै गरेको ज २ प ३१९६ नं.को मो.सा.लाई चेकजाँच गर्दा मो.सा.को डिकी भित्र रहेको COREX-३९ पिस बरामद गरि उक्त ला.औ., मो.सा.र निम्न मानिसहरु सहित नियन्त्रणमा लिई ई.प्र.का. हरिपुर सर्लाहीमा ल्याई राखेको ।

निम्नः-

१.      मो.सा. चालक जिल्ला सर्लाही हरिवन न.पा.२ अतरौली बस्ने झरीलाल महतोको छोरा अं.बर्ष १६ को गणेश कुमार महतो ।

२.      मो.सा. पछाडी सवार ऐ.ऐ.बस्ने सत्य नारायण महतोको छोरा अं.बर्ष १७ को राजकुमार महतो ।

 

 

सम्बन्धित समाचार
लागू औषध गाँजा सहित मानिसहरु नियन्त्रणमा
२०८१-०६-२२

१.     सप्तरी, कंचनरुप नगरपालिका ७ स्थितबाट लागू औषध गाँजा अन्दाजी १०० किलो ग्राम सहित जिल्ला सिरहा भगवानपुर गाउँपालिका वडा नं. १ बस्ने बर्ष ३६ को चंन्देश्वर चौधरी र वडा नं. २ बस्ने बर्ष ५६ को राम दुलार यादवलाई मंगलवार बिहान प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी चौकी धरमपुरबाट खटिएको प्रहरी टोलीले उदयपुरबाट कंचनपुर तर्फ आउँदै गरेको BR07BA 4578 नम्बरको सेतो स्कारपियो गाडीलाई शंका लागि चेक जाँच गर्दा निजहरुलाई उक्त परिमाण बराबरको लागू औषध सहित नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।  २.     पर्सा, बिन्दबासिनी गाउँपालिका २ झौवा स्थितबाट लागू औषध गाँजा २.५ किलो ग्राम सहित जिल्ला पर्सा सखुवाप्रसौनि गाउँपालिका ५ बलुवा बस्ने बर्ष ३० को मोहिचन प्रसाद यादवलाई मंलवार बिहान प्रहरीले नियन्त्रणमा लिएको छ । अस्थाई प्रहरी पोष्ट बहुअर्वाभाट्टा, पर्साबाट खटिएको प्रहरी टोलीले सखुवाप्रसौनीबाट झौवातर्फ साईकलमा जाँदै गरेको निजलाई शंका लागि चेकजाँच गर्दा उक्त लागू औषध सहित नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

लागू औषध सहित मानिस नियन्त्रणमा
२०८१-०६-२१

१.     पर्सा, बिरगंज महानगरपालिका १४ गण्डक चेकपोष्ट स्थितबाट लागू औषध NITRAVET 10 ट्याब्लेट ३० पत्तामा ४५० पिस ट्याब्लेट सहित जिल्ला चितवन भरतपुर म.न.पा. १० बिशाल टोल बस्ने कृष्ण तामाङको छोरा वर्ष २७ को समिर तामाङलाई आईतवार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी चौकी गण्डकबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा बिरगंजबाट नारायणघाट तर्फ जाँदै गरेको बा.प्र.०६-००१ ज ००३५ नम्बरको यात्रुबाहक E.V. गाडीलाई रोकी चेकजाँच गर्दा गाडीमा सवार निजलाई उक्त लागू औषध सहित नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । २.     धनुषा, नगराईन नगरपालिका २ स्थितबाट लागू औषध नाईट्राभेट-१० लेखिएको ट्याब्लेट १५ पिस र इक्सिपलोन सिरप १ पिस सहित जनकपुर उ.म.न.पा. ४ बस्ने वर्ष २६ को संतोष यादव र जनकपुर उ.म.न.पा. १६ बस्ने वर्ष २२ को ध्रुब साहलाई आईतवार राती प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय लग्मा जटहीबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ आउँदै गरेको बा.९१ प ६५०२ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्दा निजहरुलाई उक्त लागू औषध सहित नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

स्रोत नखुलेको रकम सहित मानिस नियन्त्रणमा
२०८१-०६-१६

महोत्तरी, मनरासिस्वा नगरपालिका २ भोल्ही चोकबाट स्रोत नखुलेको नेपाली रकम रु. ११,८१,३००/- (एघार लाख एकासी हजार तिन सय) र भा.रु. ५०/- (पचास रुपैयाँ) सहित जिल्ला महोत्तरी सम्सी गाउँपालिका ६ बस्ने बर्ष ४२ को शेष हसमत अलीलाई मंलवार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी चौकी ईटहर्वाकट्टी र जि.प्र.का. महोत्तरीबाट खटिएको संयुक्त प्रहरी टोलीले बिषेश सुचनाको आधारमा प्र.२-०२-००५ प ५९९५ नम्बरको मोटरसाइकललाई चेक जाँच गर्ने क्रममा स्रोत नखुलेको उक्त रकम सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।