फरार प्रतिवादी नियन्त्रणमा
२०८०-०३-२०
- A
- A-
- A+
१.
रौतहट, मिति २०८०।०३।१९ गते अं. १५:०० बजेको
समयमा जिल्ला रौतहट गढिमाई न.पा. वडा नं ८ बरियारपुर स्थित प्रहरी चौकी बरियारपुर
रौतहटबाट प्र.स.नि.को कमाण्डमा खटिएको गस्ती टोलीले कुटपिट मुद्दाको फरार प्रतिवादी
निम्न स्थान बस्ने निम्न मानिसलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि सम्मानित
जिल्ला अदालत गौर तर्फ पठाएको ।
निम्नः-
१.
जिल्ला रौतहट गढिमाई न.पा.वडा नं ८ बरियारपुर
बस्ने अं बर्ष ४२को दिनेश राय यादव ।
२.
ऐ.ऐ. बस्ने अं बर्ष ३८को सतेन्द्र राय यादव ।
३.
ऐ.ऐ. बस्ने अं बर्ष ४०को नवल राय यादव ।
४.
ऐ.ऐ. बस्ने अं बर्ष ४१को रामबिशवास राय ।
५.
ऐ.ऐ.ऐ बस्ने अं बर्ष ४१को बिगु राय यादव ।
२.
सप्तरी, मिति २०८०।०३।१९ गते जि. सप्तरी कंचनरुप
न.पा. ६ घोघनपुर वन मुद्दाको लगत नं. २६८९ को जनही जरिवान रु. ३,२६४/- गरी जम्मा
रु. ९,७९२/- भएको फरार प्रतिवादि अं. बर्ष ६० को जागेश्वर सरदार, ऐ.ऐ. बस्ने अं.
बर्ष ५० को जितन सरदार र ऐ.ऐ. बस्ने अं. बर्ष ५२ को शत्रुधन सरदारलाई निजको घर
वतनमा ई.प्र.का. कंचनपुर सप्तरीबाट प्रहरी टोलि खटि गई पक्राउ गरी सम्मानित सप्तरी
जिल्ला अदालत राजविराजमा बुझाईएको ।
३.
सप्तरी, मिति २०८०।०३।१९ गते अं.१६:२० बजेको
समयमा जिल्ला सप्तरी निम्न स्थान बस्ने निम्न मुद्दाको फरार प्रतिवादीलाई प्र.चौ.
पत्थरगाढा सप्तरीबाट प्र.ना.नि.को कमाण्डमा खटिएको टोलिले पक्राउ गरी जिल्ला
अदालत राजबिराज सप्तरीमा बुझाएको ।
निम्न:
१. जिल्ला
सप्तरी डाक्नेश्वरी न.पा. ९ बस्ने अ.बर्ष ३१ को उदीलाल महतो लागत नं. १९ मुद्दा
कुटपिट र जरिवाना रु.६४०/-
२. ऐ.ऐ. बस्ने
देवनी देवी ठाकुर लागत नं. १०७३, मुद्दा लुटपिट र जरिवाना रु.५३।१२