बिल बिजक भन्दा बढी स्टेशनरीका सामानहरु लोड रहेको ट्रक नियन्त्रणमा
२०८०-०३-२०
- A
- A-
- A+
पर्सा, बिल
विजक भन्दा बढी स्टेशनरीका सामनहरु बोकेको माल बाहक ट्रक ड्राईपोर्टबाट वीरगञ्जतर्फ
ल्याउँदै गरेको छ भन्ने सूचना प्राप्त भई वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको
प्रहरी टोलीले मिति २०८०।०३।१९ गते अं. १६:३० बजे जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका
वडा नं. २४ रामगढवा चोक स्थित सडकखण्डबाट ना.२ ख. ७३११ नम्बरको मालवाहक ट्रक रोकी
चेक जाँच गर्ने क्रममा बिल विजक भन्दा बढी मालबस्तुहरू लोड रहेको तथा सो बिल बिजक शंकास्पद
देखिएको हुँदा अ. मु. रू.५९,८३,०४२।- (उनन्साट्ठी लाख तिरासी हजार बयालीस) बराबरको
ट्रक र सो ट्रक भित्र लोड रहेको स्टेशनरीका समानहरु नियन्त्रणमा लिई थप अनुसन्धान
तथा आवश्यक कारवाहीको लागि मिति २०८०।०३।२० गते राजश्व अनुसन्धान कार्यालय पथलैया,
बारामा बुझाइएको ।