लागु औषध गाँजा नियन्त्रणमा लिएको
२०८०-०३-२२
- A
- A-
- A+
१.
बारा, मिति२०८०।०३।२१ गते अं. ०६:३० बजेको
समयमा जिल्ला बारा कोल्हवी न.पा.५ स्थित सोनाभार बस्ने जितेन्द्र चौधरीको घरमा
लागु औषध गाँजा अवैध रुपमा लुकाई छिपाई राखेको छ भन्ने ई.प्र.का.कोल्हबी बारामा
बिशेष सुचनाको अधारमा प्र.नि. को कमाण्डमा
७ जना, ई.प्र.का.सिहोर्वा, बाराबाट ४ जना र स.प्र.ब. कोल्हबी,बाराबाट स.प्र.ना.नि.
५ जना संयुक्त टोली खटी गई ऐ.०७:०० बजेको समयमा उक्त स्थानमा पुगेको, उक्त घरमा
खान तलासी गर्दा घरको माथिल्लो कोठाको भऱ्याङ संगै दक्षिण पट्टी रहेको खाली कोठामा
५ बोरामा १४ पोका अं.१६८ कि.ग्रा. लागु औषध गाँजा फेला परेकोले उक्त गाँजा
नियन्त्रणमा लिई ई.प्र.का. कोल्हबी बारामा ल्याई राखिएको, घरमा कोही नभएको, घर
धनिको खो.त.भईरहेको ।
२.
महोत्तरी, मिति २०८०।३।२१ गते अं. १३:०० बजेको
समयमा जिल्ला महोत्तरी एकडारा गा.पा. ५ बथनाहा स्थित ईंट्टा भट्टा नजिक ऐ.ऐ बस्ने
रेबि मण्डलको छोरा अं. बर्ष ४८ को सुशिल मण्डलको चिया पसलमा गाँजा किनबेच भईरहेको
भन्ने ऐ. १३:४० बजेको समयमा अ.प्र. पोष्ट नगरपालिकामा खबर प्राप्त हुँनासाथ जि.प्र.का.
महोत्तरीबाट खटिएको टोली र अ.प्र.पोष्ट
नगरपालिका महोत्तरीबाट प्र.ना.नि. को कमाण्डमा खटिएको संयुक्त टोलिले निज सुशिल
मण्डलको साथबाट ठुलो गाँजा पुरिया ५ पोका, सानो गाँजा पुरिया २ पोका, कालो प्लास्टिकमा
खुल्ला रहेको ला.औ. गाँजा बरामद भई निजलाई र किन्ने व्यक्ति ऐ. जलेश्वर न.पा. १२ थरुवाही बस्ने नन्ददेव
रायको छोरा अं. बर्ष ३८ को मदन रायलाई उक्त गाँजा सहित नियन्त्रणमा लिई आवश्यक
कारवाहीको लागी जि.प्र.का. महोत्तरी पठाईएको ।