स्रोत नखुलेको पैसा सहित मानिस नियन्त्रणमा
२०८०-०३-२२
- A
- A-
- A+
महोत्तरी, मिति
२०८०।०३।२१ गते अं. १९:०० बजेको समयमा जिल्ला महोत्तरी जलेश्वर न.पा. ३ स्थित प्रहरी
चौकी भिठ्ठामोडबाट खटि गएको प्र.स.नि. कमाण्डको टोलिले जलेश्वर भिठ्ठामोड सडक
खण्डमा भिठ्ठामोडबाट जलेश्वर तर्फ जाँदै गरेको BR30W 5312 नं. को मो.सा लाई चेक जाँच गर्दा मो.सा. चालक देश भारत बिहार प्रान्त
जिल्ला सितामढी थाना सुरसण्ड ग्राम सिखण्डी भिठ्ठामोड वडा नं. ५ बस्ने हरेराम साफीको छोरा अं. बर्ष २० को चन्दन कुमार
साफीको साथबाट स्रोत नखुलेको रु. १०,३०,०००/- (दस लाख तिस हजार मात्र) नेपाली पैसा
बरामद भई मो.सा. सहित निज चन्दन कुमार साफीलाई नियन्त्रणमा लिई थप अनुसन्धानको
लागि जि.प्र.का.महोत्तरी तर्फ पठाएको ।