बिल बिजक भन्दा बढी औषधी तथा खुद्रा सामानहरू लोड रहेको ट्रक नियन्त्रणमा
२०८०-०३-२७
- A
- A-
- A+
पर्सा, बिल विजक
भन्दा बढी औषधी तथा खुद्रा सामानहरु बोकेको माल बाहक ट्रक वीरगञ्जबाट चितवनतर्फ
जाँदै गरेको छ भन्ने सूचना प्राप्त भई जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको
प्रहरी टोलीले मिति २०८०।०३।२६ गते अं.२२:०० बजे जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका
वडा नं. २१ परवानीपुर चोक स्थित सडकखण्डबाट ना.३ ख ५१६५ नम्बरको मालवाहक ट्रक रोकी
जाँच गर्ने क्रममा विल विजक भन्दा बढी मालबस्तुहरू लोड रहेको तथा सो विल बिजक
संकास्पद देखिएको हुँदा अ.मु.रू ५५,७०,६३८।– (पचपन्न लाख सत्तरी हजार छ सय अड्तीस)बराबरको
ट्रक र सो ट्रक भित्र लोड रहेको औषधी तथा खुद्रा सामानहरुलाई नियन्त्रणमा लिई थप
अनुसन्धान तथा आवश्यक कारवाहीको लागि मिति २०८०।०३।२७ गते राजश्व अनुसन्धान कार्यालय
पथलैया, बारामा बुझाइएको ।