फरार प्रतिवादी नियन्त्रणमा
२०८०-०३-३१
- A
- A-
- A+
१.
बारा, मिति २०८०/०३/३० गते अं.२१:५०बजेको
समयमा जिल्ला बारा बारागढी गा.पा.वडा
नं.०५ सिंहासनी टोल बस्ने बिरोधी चौधरीको छोरा अं.वर्ष २७ को बृजेन्द्र चौधरी लागु
औषध मुद्दाको फरार प्रतिवादि(लगत
नं.३७५०,कैद ६महिना र जरिवना रु.२,०००/-) लाई निजकै घरबाट फेलापारी नियन्त्रणमा
लिई जि.प्र.का.बारा कलैया पठाईएको ।
२.
रौतहट, मिति २०८०/०३/३० गते अं.०८:३५ बजेको
समयमा जि.रौतहट गरुडा न.पा.८ बसबिटी जिंजडिया बस्ने जवरजस्ति करणी मुद्दाको फरार
प्रतिवादी अं.वर्ष२०को शैलेन्द्र पाललाई प्र.चौ.विर्ता रौतहटबाट प्र.स.नि.
बुद्वनारायण यादवको कमाण्डमा खटि गएको टोलीले ऐ.ऐ.वाड न. ८ पाल पेट्रोल पम्प नजिकै
बाट नियन्त्रणमा लिइ थप अनुसन्धान तथा आवश्यक कारवाहिको ई.प्र.का.गरुडा तर्फ
पठाइएको ।
३.
सिरहा, मिति २०८०।०३।३० गते अं. ०९:१५
बजेको समयमा जिल्ला सिरहा भगवानपुर गा.पा २ बस्ने राम बहादुर यादबको छोरा बर्ष २५
को अरुण कुमार यादब बादि नेपाल सरकार भएको मुद्वा नं.०७६-C१-०३९८,लागत
नं. ६०५१,लागु औषध मुद्वा,जरिबाना रु.२०००।– र कैद ०-२-० भएको फरार प्रतिबादि अरुण
कुमार यादबलाई अस्थाई प्रहरी पोष्ट भगवानपुर सिरहाबाट प्र.स.नि.को कमाण्डमा टोलि
खटि गई निजको घरबाट नियन्त्रणमा लिई ई.प्र.का लहानमा बुझाईएको ।