फरार प्रतिवादि नियन्त्रणमा
२०८०-०४-०८
- A
- A-
- A+
रौतहट, मिति
२०८०/०४/०७ गते अं.२०:१५ बजेको समयमा जिल्ला रौतहट कटहरिया न.पा.५ कटहरिया बस्ने
ज.ज.क.(चालु) मुद्दाको फरार प्रतिवादि अं.वर्ष २६ को असलम मियालाई ई.प्र.का.कटहरियाबाट
प्र.ना.नि.रामछविला यादवको कमाण्डमा खटि गएको टोलिले निजको घर नजिकैबाट
नियन्त्रणमा लिइ आवश्यक अनुसन्धानको लागि ई.प्र.का.गरुडा तर्फ पठाइएको । साथै जिल्ला
रौतहट कटहरिया न.पा.१ भसेडवा बस्ने पनिलाल दासको छोरा कर्तब्य ज्यान मुद्दाको फरार
प्रतिवादी अं.बर्ष २२ को राजकिशोर तत्मा र जिल्ला रौतहट बृन्दाबन न.पा.१ रमौली
बैरिया बस्ने २१ वर्ष ६ महिना कैद सजाय
भएको कर्तब्य ज्यान मुद्दाको फरार प्रतिवादी अं.बर्ष ६२ को जयकरण सहनि लाई
गाँउघरमा लुकिछिपि बसेको छ भन्ने गोप्य सुचना प्राप्तहुनसाथ ई.प्र.का.गरुडा रौतहटबाट
प्र.नि.को कमाण्डमा खटिगएको टोलीले निजलाई घर नजिकै बाट नियन्त्रणमा थप
अनुसन्धानको लागि ई.प्र.का.गरुडामा ल्याइ राखेको