लागु औषध सहित मानिस नियन्त्रणमा
२०८०-०४-०९
- A
- A-
- A+
१.
पर्सा, मिति २०८०।०४।०८ गते अं.१४:०० बजेको
समयमा जिल्ला पर्सा पकामैनपुर गा.पा.५ सबैठवा स्थित नेपाल भारत सिमानामा सशस्त्र
प्रहरी बल नेपाल प्रस्तावित सिमा सुरक्षा लहावर थोकरी पर्साबाट खटिगएको शसस्त्र
प्रहरी टोलिले नेपालबाट भारत तर्फ जाँदै गरेको ना ३० प ४४४३ नम्बरको मो.सा.लाई
चेकजाचँ गर्ने क्रममा मो.सा.को सिटमुनी लुकाई छिपाई राखेको ला.औ. चरेश जस्तो देखिने कालो पदार्थ ५ के. जि.
७०० ग्राम (२२ प्याकेट) र मो.सा. चालक जिल्ला पर्सा कालिकामाई गा.पा. वडा नं १
मुडुली बस्ने अं बर्ष ४४ को प्रेम पासवान
समेतलाई नियन्त्रणमा लिई ई.प्र.का.पोखरियामामा ल्याई बुझाएको ।
२.
पर्सा, मिति २०८०।०४।०८ गते अं.१५:३० बजेको
समयमा जिल्ला पर्सा बिरगंज म.न.पा. १६ रजतजयन्ती चोक स्थितमा प्रहरी चौकी ईनर्वा
पर्साबाट खटिएको प्र.ब.ना.नि., ला.औ. नियन्त्रण ब्युरो शाखा बिरगंज कार्यालयबाट
प्र.ना.नि. र जि.प्र.का. पर्साबाट खटिएको QRT3 सहितको संयुक्त टोलीले चेकजाचँ
गर्ने क्रममा भारत रक्सौलबाट नेपाल तर्फ आउँदै गरेको ना ३५ प ५७३५ नम्बरको मो.सा. रोकी चेकजाचँ गर्दा मो.सा.को सिटमुनी र फिल्टर भित्र लुकाई छिपाई ल्याउँदै गरेको onerex-१०० ml को २९ पिस फेला पारेकोमा मो.सा.चालक जिल्ला
मकवानपुर हेटौंडा उ.म.न.पा. ४ कमलडाडाँ बस्ने राम बहादुर देउलाको छोरा अं. बर्ष ३२
को बिजय देउला समेतलाई ला.औ. सहित आवश्यक कारवाहीको लागी प्रहरी चौकी ईनर्वा पर्सामा
ल्याई राखिएको ।