फरार प्रतिवादी नियन्त्रणमा
२०८०-०४-१२
- A
- A-
- A+
१.
रौतहट, मिति २०८०/०४/११ गते अं. ०९:३० बजेको
समयमा जिल्ला रौतहट गरुडा न.पा. १ जयनगर बस्ने ३ महिना कैद सजाय भएकी लेनदेन
मुद्दाको फरार प्रतिवादी शेख अबदुल करिमको श्रीमती अं. वर्ष ४० कि शेहरा खातुनलाई ई.प्र.का.
शिवनगर रौतहटबाट प्र.ना.नि.को कमाण्डमा र ई.प्र.का. गरुडाबाट प्र.स.नि.को कमाण्डमा
महिला प्र.क.सहित खटिगएको टोलिले निजलाई घर नजिकैबाट नियन्त्रणमा लिइ आवश्यक
कारवाहिको लागि सम्मानित जिल्ला अदालत गौर तर्फ पठाउने कार्य भइरहेको ।
२.
सिरहा, मिति २०८०।०४।११ गते १५:४५ बजेको समयमा
जिल्ला सिरहा मिर्चैया न.पा. ६ मटियर्वा स्थितबाट सम्मानित सिरहा जिल्ला अदालतको फैसला मिति २०७८।०३।२६ गतेको
पत्रको बहुबिवाह मुद्दामा ११ महिना कैद र
रु. ५०००/- जरिवाना तोकिएको फरार
प्रतिवादी ऐ. ऐ. बस्ने अमिन्द्र यादवको
श्रीमती अ. बर्ष ३२ की रन्जु देवी यादवलाई ईलाका प्रहरी कार्यालय मिर्चैया सिरहाबाट
प्र.स.नि. को कमाण्डमा खटिएको टोलीले निजकै गाउँ घरबाटै फेला पारी पक्राउ गरी
नियन्त्रणमा लिई आवश्यक कर्वाहीको लागि सम्मानित सिरहा जिल्ला अदालतमा पठाईएको ।