हतियार सहित मानिस पक्राउ
२०८०-०४-१४
- A
- A-
- A+
सिरहा, मिति
२०८०।०४।१३ गते अं. १६:०० बजे जिल्ला सिरहा सुखिपुर न.पा. ४ गोडिअर्वा स्थितमा प्रहरी
चौकीसिलिर्वापछवारी सिरहाबाट प्र.स.नि. को कमाण्डमा खटीएको टोलीले BR32AM
3778 नं. को निलो रंगको अपाचे मो.सा.लाई शंका लागी चेकजाँच गर्दा
सोही मो.सा.को सिट मुनी लुकाई छिपाई राखेको अबस्थामा होममेड सेमी अटोमेटिक पेस्तोल
थान-१ सोही पेस्तोलमा लाग्ने ५ राउण्ड गोली सहित मो.सा.चालक जिल्ला सिरहा औरही
गा.पा.२ बननिया बस्ने साबिर राईनको छोरा अं. बर्ष २४ को कम्रुदिन राइन र
मो.सा.पछाडी सवार ऐ.ऐ. बस्ने पबित्रा सदायको छोरा अं. बर्ष १७/१८ को चन्दन कुमार
सदाय समेतलाई पक्राउ गरी आवश्यक कार्वाहिको लागी जि.प्र.का.सिरहामा लगी थप
अनुशंधान भई रहेको