प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

फरार प्रतिबादी पक्राउ

२०८०-०४-२४

  • A
  • A-
  • A+
Share


१.      रौतहट, मिति २०८०।०४।२३ गते अं. ११:३० बजेको समयमा जिल्ला रौतहट गौर न.पा. ४ स्थित बसपार्कको गेटमा सिभिल टोली र प्र.स.नि. को कमाण्डमा खटिएको संयुक्त टोलीले चेकिङ् गर्ने क्रममा BR05U 8885 न.को मो.सा.मा सवार व्यक्ति जिल्ला रौतहट राजपुर न.पा.२ फतुवा महेशपुर बस्ने ईजरायल मियाको छोरा बर्ष ३२ को नजिर आलम २०७३ सालको चोरी मुद्दामा धरौटी रू. ७०,०००/- नतिरेको र मो.सा. पनि चोरीको रहेको बुझ्न आएकोले निजलाई अस्थाई पोष्ट बसपार्क रौतहटमा ल्याई आवश्यक कारवाहीको लागि जि.प्र.का.रौतहटमा पठाईएको ।

 

२.      रौतहट, मिति २०८०।०४।२३ गते अ.१३:०० बजेको समयमा जिल्ला रौतहट कटहरिया न.पा. एरिया भित्र रहेको किर्ते,जलसाजी, गालि बेईजति मुद्दाको फरार प्रतिवादीहरु २६ जना लाई सम्पर्कमा ल्याई निजहरुलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी सम्मानित रौतहट जिल्ला अदालत गौर रौतहटमा पठाईएको ।

 

३.      रौतहट, मिति २०८०/०४/२३ गते जिल्ला रौतहट गढीमाई न.पा. वडा नं. १ बस्ने अभद्र व्यवहार मुद्दाका फरार प्रतिवादी रामनारायण यादवको छोरा अं.वर्ष २५ को बाल किशोर यादवलाई ई.प्र.का. गरुडा रौतहटबाट प्र.स.नि.को कमाण्डमा खटिगएको टोलीले निजको घर नजिकैबाट नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य भईरहेको ।

 

४.      धनुषा, मिति २०८०।०४।२३ गते अं. २१:२० बजेको समयमा आ.व. २०७९।२०८० को मुद्दा नं.१४२ अभद्र व्यवहार मुद्दाका फरार प्रतिवादी जिल्ला धनुषा क्षिरेश्‍वरनाथ न.पा. वडा नं.१ रमदैया बस्ने बलदेव यादवको छोरा अं.बर्ष २८ को रूपेश कुमार यादव आफ्नै घरमा लुकी छिपी बसिरहेको छ भने खबर प्राप्त हुनसाथ ईलाका प्रहरी कार्यालय महेन्द्रनगर धनुषाबाट प्र.नि. को कमाण्डमा ७ जनाको टोली खटि गई नियन्त्रणमा लिई ई.प्र.का.महेन्द्रनगरमा ल्याई थप अनुसन्धान कार्य भईरहेको ।

 

५.      सिरहा, मिति २०८०।०४।२३ गते अ. १५:३० बजेको समयमा विभिन्न मुद्दामा सम्मानित सिरहा जिल्ला अदालतबाट जरीवाना भई फरार रहेको जिल्ला सिरहा बिष्णुपुर गा.पा.३ बस्ने मंगला भन्ने दिपेन्द्र कुमार यादव, ऐ. ऐ. बस्ने बिहारी महतो कोईरी, ऐ. ऐ. बस्ने नेपुरवती कोईरीन र ऐ. ऐ. बस्ने रामअवतार महतोलाई नियन्त्रणमा लिई ई.प्र.का.विष्णुपुर सिरहामा ल्याई फैसला कार्यन्वयनको लागी सम्मानित सिरहा जिल्ला अदालत सिरहा पठाईएको ।

सम्बन्धित समाचार
लागू औषध चरेश जस्तो देखिने बस्तु सहित मानिस नियन्त्रणमा
२०८१-११-२५

पर्सा, बिरगंज महानगरपालिका १५ ब्रहमचोक स्थितबाट लागू औषध चरेस जस्तो देखिने बस्तु ६.५९० किलो ग्राम सहित जिल्ला बारा कलैया उप-महानगरपालिका २ भवानीपुर बस्ने बर्ष २३ को लडु राम, जिल्ला पर्सा बिन्दवास्नी गाउँपालिका ३ बस्ने बर्ष ३५ को सरोज साह र बिरगंज महानगरपालिका ११ बस्ने बर्ष २३ को रवी चौधरीलाई शनिवार बेलुका प्रहरीले नियन्त्रणमा लिएको छ । ब्रहमचोक स्थित अमिरका पाण्डेको पसलबाट मोबाईल चोरी गरी भागेको भने खबर प्राप्त हुना साथ प्रहरी चौकी भिष्वागाउँबाट खटिएको प्रहरी टोलीले उक्त मोबाईल चोरहरुलाई खोजतलास गर्ने क्रममा बिरगंज महानगरपालिका १५ ब्रहमचोकमा अवस्थित प्रेम श्रेष्ठको घरमा डेरा गरी बस्दै गरेका निजहरुको कोठाबाट उक्त परिमाण बराबरको लागू औषध र चोरी गरेको मोबाईल थान-२ सहित निजहरुलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

लागू औषध अफिम सहित मानिस नियन्त्रणमा
२०८१-११-२२

बारा, जितपुर सिमरा उप-महानगरपालिका २१ स्थितबाट लागू औषध अफिम २.०४१ किलोग्राम सहित जिल्ला मकवानपुर राक्सिराङ गाउँपालिका १ बस्ने बर्ष २७ को सुनिल मोक्तान र जिल्ला मकवानपुर भिमफेदी गाउँपालिका ३ बस्ने बर्ष २० को हर्क रुम्बालाई बुधवार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । बिशेष सुचनाको आधारमा २२० सि.सी. पल्सर मोटरसाईकलमा लागू औषध बोकी हिंडिरहेको भन्ने खबर प्राप्त हुना साथ इलाका प्रहरी कार्यालय अम्लेखगंजबाट खटिगएको टोलीले हेटौंडाबाट बिरगंजतर्फ जाँदै गरेको बा. प्रदेश०३-००३प ३१२६ नम्बरको मोटरसाईकललाई चेक जाँच गर्दा निजहरुलाई उक्त परिमाण बराबरको लागू औषध सहित नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

लागू औषध सहित मानिस नियन्त्रणमा
२०८१-११-२१

 १.    सर्लाही, बिष्णु गाउँपालिका २ बाराउधोरण स्थितबाट लागू औषध COREX DX -१५ बोतल सहित देश भारत जिल्ला सितामाढी सिम्हरिया बस्ने बर्ष ३८ को मुन्ना यादवलाई मंगलवार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी चौकी बाराउधोरण र सशत्र प्रहरी बलबाट खटिएको संयुक्त टोलीले भारतबाट नेपाल तर्फ आउँदै गरेको BR 30 AM 9228 नम्बरको मोटरसाईकललाई चेक जाँच गर्ने क्रममा निजलाई उक्त लागू औषध  सहित नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।  २.    धनुषा, नगराईन नगरपालिका १ हांसपट्टी स्थितबाट लागू औषध गाँजा १ किलो ३०० ग्राम सहित सोही स्थान बस्ने बर्ष २३ को चन्दन कुमार साहलाई मंगलवार बेलुका प्रहरीले नियन्त्रणमा लिएको छ । चन्दन कुमार साहले संचालन गरेको चन्दन कोल्ड स्टोरमा लागू औषध (गाँजा) बिक्री वितरण भईरहेको भन्ने खबर प्राप्त हुना साथ इलाका प्रहरी कार्यालय फुलगामाबाट खटिएको प्रहरी टोलीले निजको घरमा खानतलासी गर्दा लागू औषध गाँजा फेला परेकोले उक्त गाँजा सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

रिंकु कुमारी सदायको झुण्डी मृत्यू प्रकरण मुद्दाका मुख्य आरोपी पक्राउ
२०८१-११-२१

१.    सिरहा, मिति २०८१।१०।३० गते नवराजपुर गाउँपालिका १ भगवतीपुर टोल स्थित बिगुल सदायको छोरी बर्ष १७ की रिंकु कुमारी सदायले के-कुन कारणले आफ्नै घरमा सलको पासो लगाइ झुण्डि मृत अवस्थामा रहेको घट्ना सम्बन्धमा मृतक रिंकु कुमारी सदायको ठुलो बुवा रामसेवक सदायले आत्महत्या दुरूत्साहनको जाहेरी दिएको र मृतककी आमा सिता देवी सदायले अपहरण गरी शरीर बन्धक राखि जवरजस्ती करणी गरी त्यसपश्चात हत्या गरी लेनदेन गरी मिलापत्र गर्न खोजेको समेत कसुर शिर्षकमा दिएको जाहेरी मुद्दाको शिर्षकमा अनुसन्धान गरी खोजतलास गर्दै जाँदा मिति २०८१।११।२१ गते इलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरी टोलीले सिरहा नगरपालिका १७ स्थित नेपाल भारत सिमा नजिकबाट उक्त मुद्दाका मुख्य आरोपी टिन्कु भन्ने रूपेश मण्डललाई पक्राउ गरी प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

स्रोत नखुलेको रकम सहित मानिसहरु नियन्त्रणमा
२०८१-११-२०

सर्लाही, मलंगवा नगरपालिका ८ स्थितबाट स्रोत नखुलेको नेपाली रकम रु. ६,६६,५००/- र भारतीय रु. ३९,०००/- सहित गोडैता नगरपालिका ५ रामबन बस्ने बर्ष ३८ को मनोज गुप्ता र निजकै भाई बर्ष ३५ को श्री भगवान गुप्तालाई सोमवार बेलुका प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी चौकी गोरखकालीबाट खटिएको प्रहरी टोलीले चेक जाँच गर्ने क्रममा भारतबाट नेपाल तर्फ आउँदै गरेको BR 30 N 2230 नम्बरको मोटरसाईकललाई शंका लागी चेक जाँच गर्दा निजहरुलाई स्रोत नखुलेको नेपाली र भारतिय रुपैयाँ र  नेपाली बैंकको ATM कार्ड १७ थान सहित नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।