चाँदी जस्तो देखिने धातु सहित मानिस पक्राउ
२०८०-०५-०८
- A
- A-
- A+

सिरहा, मिति २०८०।०५।०७ गते अ. १५:०० बजेको समयमा
जिल्ला सिरहा भगवानपुर गा.पा. वडा नं. ०४ ठाडि बस पार्क स्थितमा प्रहरी चौकी ठाडी
सिरहाबाट खटिएको गस्ति टोलीले चेक जाँच गर्ने क्रममा भारतबाट नेपाल तर्फ आउँदै
गरेको पैदल यात्री जिल्ला मधुबनी बरहमपुरा वडा नं. ३ बस्ने अ. वर्ष ५२ को विश्वनाथ
साहलाई शंका लागी चेकजाचँ गर्दा निजको नाइटो भन्दा मुनी कम्मरमा बाँधेको अं. ५ किलो
ग्राम चाँदी जस्तो देखिने सेतो धातु फेला परेकोले सेतो धातु सहित निजलाई नियन्त्रणमा
लिई प्र.चौ. ठाडीमा ल्याई राखिएको, उक्त चाँदी जस्तो देखिने सेतो धातुको मुल्य अं.
रु. ५,००,०००/- (पाँच लाख रुपैयाँ) बराबरको रहेको उक्त धातु ठाडी भन्सार कार्यालय,
सिरहामा बुझाएको र पक्राउ परेका मानिसलाई थप अनुसन्धान पश्चात भन्सार कार्यालयमा
बुझाउने तयारी भईरहेको ।