ट्रक सहित सामान नियन्त्रणमा
२०८०-०५-१०
- A
- A-
- A+
१.
बारा, मिति २०८०/०५/०९ गते अं. २२:३० बजेको
समयमा जि.बारा जितपुरसिमरा उ.म.न.पा.-०७ जितपुर स्थित ई.प्र.का जितपुर, बारा अगाडी
प्र.ब.ना.नि को कमाण्डमा खटिएको चेकिङ टोलीले बिशेष सुचनाको आधारमा विरगंजबाट
जनकपुर तर्फ जाँदै गरेको ना ३ ख २५६ नं.को
कन्टेनर ट्रकलाई रोकी चेकजाँच गर्दा हार्डवेयर तथा खुद्रा सामान अं. मुल्य रू.
५०,८७,१५५/- (पचास लाख सतासी हजार एक सय पच्पन्न रुपैयाँ) बराबरको बिल बिजक भन्दा
बढीको सामान बोकेको कारण ट्रक सहित सामान नियन्त्रणमा लिई ई.प्र.का. जितपुर, बारामा ल्याई राखेको ।
पर्सा, मिति २०८०।०५।००९
गते अ. ०८:३० बजेको समयमा जि.पर्सा बिरगंज म.न.पा.१८ ईटियाही गण्डक नहर स्थितमा व.प्र.का.
श्रीपुर पर्साबाट खटिएको सुचना संकलन टोलीले बिशेष सुचनाको आधारमा बिरगंजबाट
परवानीपुर तर्फ जाँदै गरेको बिभिन्न सवारी साधनमा भन्सार छली चोरी पैठारी गरी ल्याउँदै
गरेको लत्ताकपडाको सामानहरु अ. मुल्य रु. १,५६,०००/- (एक लाख छपन्न हजार रुपैयाँ)
बराबरको सामान नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि व.प्र.का.श्रीपुर पर्सामा
ल्याई राखेको ।