लागु औषध गाँजा ५ के.जी सहित ३ जना मानिस र अटो नियन्त्रणमा
२०८०-०५-१२
- A
- A-
- A+
१.
बारा, मिति २०८०।०५।११ गते अं.१८:०० बजेको
समयमा जिल्ला बारा कोल्हबी न.पा. २ भलुवाहीखोरमा
अ.प्र.पोष्ट झुरझुर, बाराबाट प्र.स.नि. को कमाण्डमा खटिएको
प्रहरी चेकिङ टोलीले चेकजाँच गर्ने क्रममा तामागढीबाट कोल्हबी तर्फ
आउँदै गरेको ना. २ ह. १४०० नं. अटो टेम्पोलाई रोकी चेकजाँच गर्दा पछाडी रहेको डिकी
भित्र NORTH FACE लेखिएको निलो रङको पिठ्युमा बोक्ने झोला
भित्र रातो रङको प्लाष्टीकले बेरिएको अवस्थामा लागु औषध गाँजा
५ (पाँच) किलोग्राम लुकाई छिपाई राखेको
अवस्थामा फेला परेको हुँदा अटो चालक जि. बारा निजगढ न.पा. वडा नं. १३ बस्ने बर्ष
३८ को बलराम लामा, उक्त अटो पछाडी सवार रहेका मानिसहरु जि. बारा निजगढ न.पा. वडा
नं. १३ बस्ने बर्ष २७ को अनिल लामा र ऐ.ऐ. बस्ने बर्ष ३५ को शुकराम स्याङतान समेतहरु
उपर शंका लागी अटो र निजहरुलाई
नियन्त्रणमा लिई ई.प्र.का.कोल्हबीमा बुझाएको ।