अवैध भन्सार छलीका सामान नियन्त्रणमा
२०८०-०५-१७
- A
- A-
- A+
१.
पर्सा, मिति २०८०।०५।१६ गते २०:३० बजेको समयमा
जि.प्र.का. पर्साबाट खटिएका सुचना संकलन तथा QRT को संयुक्त टोलीले जि.पर्सा
बि.म.न.पा. वडा नं. १६ भुटनदेवी स्थितबाट भन्सार छली लुकाई छिपाई देश भारत रक्सौलबाट
बिरगंज तर्फ ल्याउँदै गरेको जरजट साडी (४५० पिस) अं. मुल्य रु. ५,००,०००/- (पाँच
लाख) , रेडबुल ३५ पिस अं. मुल्य रु. ७,०००/- बराबरको गरी दुवै सामानको जम्मा मुल्य
५,०७,०००/- (पाँच लाख सात हजार) नियन्त्रणमा लिई जि.प्र.का. पर्सामा ल्याई राखिएको
।
धनुषा, मिति २०८०।०५।१६
गते अं. १२:३० बजेको समयमा जिल्ला धनुषा शहिदनगर न.पा. ६ हठिपुर चौक स्थितमा ई.प्र.का.
यदुकुहाबाट प्र.स.नि.को कमाण्डमा खटिएको
प्रहरी टोलीले खजुरीबाट बिरेन्द्रबजार तर्फ जाँदै गरेको ना. ४ ख २८१० न. को
शिवम सार्वजनिक बस, ऐ. महिनाथपुरबाट बिरेन्द्रबजार तर्फ जाँदै गरेको ना. ७ ख २८५१
न. को बैदेही सार्वजनिक बस र सोही दिशाबाट आउँदै गरेको न. नखुलेको कालो रङको
स्पेलेन्डर मो.सा. मा भारतबाट नेपाल तर्फ भन्सार छली ल्याएको किराना सामानहरु
अं.मु. रू.१,३७,६९५/-(एक लाख सैतिस हजार छ सय पंचानब्बे रुपैयाँ) र नं. नखुलेको मो.सा. अं.मु. रु. १,४०,०००/- (एक
लाख चालिस हजार रुपैयाँ) सहित जम्मा
अं.मु. रु. २,७७,६९५/- (दुई लाख सतहतर हजार छ सय पन्चानब्बे रुपैयाँ) बराबरको
भन्सार छलीका सामान मो.सा. नियन्त्रणमा लिई ई.प्र.का. यदुकूहा धनुषामा ल्याई राखिएको
।