अवैध भन्सार छलीका समान सहित मानिस र मो.सा नियन्त्रणमा
२०८०-०५-१८
- A
- A-
- A+
सर्लाही, मिति
२०८०।०५।१७ गते अं. १०:०० बजेको समयमा जि. सर्लाही धनकौल गा.पा. ४ मैनाथपुर स्थित जि.प्र.का.
सर्लाहीबाट प्र.ब.ना.नि.को कमाण्डमा खटिएको टोलीले BR06AC3127 नं. को मो.सा.,
बा.५३ प ४७८१ नं.को. मो.सा. र प्रदेश२-०३-०२१ प ९६८५ नं. को मो.सा. मा भारतबाट
लुकाई छिपाई नेपाल तर्फ ल्याउँदै गरेको
चिनी २ क्विन्टल, ठुलो डिउ १८ बोतल, रिफाईन (५०० ml) २२
प्यालेट, रिफाईन (१ लिटर) १८ प्याकेट, रिफाईन ८ कार्टुन, पारलेजी
बिस्कुट ३ कार्टुन, दालमुगं ६ प्याकेट गरी अं.मु. रु.३,००,०००।-(तीन लाख रुपैयाँ)
बराबरको र निम्न स्थान बस्ने ३ जना मानिस
सहित ३ वटा मो.सा. नियन्त्रणमा लिई जि.प्र.का. सर्लाहीमा ल्याई राखिएको ।
निम्न:-
१.
जिल्ला सर्लाही धनकौल १ बस्ने अं. वर्ष २० को श्याम नन्दन यादव
२.
ऐ. रामनगर गा.पा. ६ बस्ने अं. वर्ष २९ को
दिलकेश भण्डारी
३.
ऐ.ऐ. बस्ने अं. वर्ष १७ को अमोद कुमार भण्डारी
।