नक्कली नोट सहित मानिस पक्राउ
२०८०-०५-२५
- A
- A-
- A+
रौतहट, मिति २०८०।०५।२४ गते अं. ०४:०० बजेको
समयमा जि.रौतहट कटहरिया न.पा. १ भसेडवा पानीटंकी स्थित खाजा नास्ता होटलमा जि.
रौतहट गुजरा न.पा.८ पिपराटोल बस्ने प्रधुमण चौधरीको छोरा वर्ष अं. ३३ को प्रमोद
चौधरीले खाजा खाई होटल साउलाई रु. १,०००।- (एक हजार) को नक्कली नोट दिएकोमा होटल
साउले अ.प्र.पोस्ट छेदिचौक, रौतहटमा जानकारी गराउन साथ प्र.स.नि. को कमाण्डमा टोली
खटिगाई प्रमोद चौधरी र नक्कली नोट रु. १,०००।- बरामद गरी तालुक ई.प्र.का. गरुडा तर्फ पठाईएको
आवश्यक अनुसन्धान कार्य भइरहेको ।