फरार प्रतिवादि नियन्त्रणमा
२०८०-०५-२५
- A
- A-
- A+
१.
रौतहट, मिति २०८०।०५।२४ गते अं १९:३० बजेको समयमा
जिल्ला रौतहट बिजयपुर फतुवा न.पा.१फतुवा बस्ने दर्ता नं ५ मुद्दा दर्ता मिति
२०६४।०४।२० गते कर्तब्य ज्यान मुद्दा(चालु)को फरार प्रतिवादी भादै राय यादवको छोरा
वर्ष अं ४७ को लालबाबु राय यादव आफ्नै गाउँघरमा लुकिछिपि बसेको छ भन्ने खबर
प्राप्त हुन साथ ई.प्र.का. गरुडाबाट प्र.नि.को कमाण्डमा टोली खटिगई नियन्त्रणमा
लिई ई.प्र.का. गरुडामा ल्याइ आवश्यक अनुसन्धान कार्य भईरहेको ।
महोत्तरी, मिति
२०८०।०५।२४ गते १५:३० बजेको समयमा जि.प्र.का. महोत्तरीबाट प्र.स.नि.को कमाण्डमा
खटीएको टोलीले लेनदेन मुद्दाका फरार प्रतिवादी जिल्ला महोत्तरी मनरासिस्वा २
भोल्हीबाट ऐ.ऐ. बस्ने सुकदेव यादवको छोरा अं. वर्ष ५२ को दिनेश यादव र अं. वर्ष २३
को गणेश यादव र चोरी अन्य मुद्दाका फरार प्रतिवादी जिल्ला महोत्तरी महोत्तरी गा.पा.
१ सनोखडाबाट ऐ.ऐ. बस्ने शिव नारायण यादवको छोरा अं. वर्ष २५ को राज कुमार यादव गरी
३ जनालाई नियन्त्रणमा लिई जि.प्र.का. महोत्तरीमा ल्याई राखिएको ।