प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अवैध भन्सार छली चोरी पैठारी गरी ल्याएको विभिन्न किसिमका सामानहरु बरामद

२०८०-०५-२५

  • A
  • A-
  • A+
Share

पर्सा, मिति २०८०।०५।२३ गते जिल्ला प्रहरी कार्यालय पर्सा अर्न्तगतका निम्न लिखित प्रहरी कार्यालयबाट भन्सार छली चोरी पैठारी गरी ल्याएका निम्न लिखित विवरणका सामानहरु बरामद गरी आवश्यक कारवाहीको लागि वीरगञ्ज भन्सार कार्यालयमा पठाइएको ।

जि.प्र.का.पर्साको टोलीबाट

१.      साडी-३१२ पिस

२.      लेथको पार्टस-८ वटा

३.     गलेण्डर मेसिन-१ थान

४.     कुर्ता सुरवाल- २७ पिस

५.     चिनी-१६४ के.जी.

६.     थान कपडा-२८५ मिटर

७.     रेडबुल-४८ पिस

८.     पंखा-२ थान

९.     केराउ-१०२ के.जी.

१०.भेष्ट-९२ पिस

जम्मा रू.८,१६,३६०।– ( आठ लाख सोह्र हजार तिन सय साठ्ठी )

सम्बन्धित समाचार
लागु औषध सहित मानिस नियन्त्रणमा
२०८२-११-१०

१.      सर्लाही, हरिवन नगरपालिका-०१ तित्त्री चोकबाट लागू औषध गाँजा १० किलो ९४२ ग्राम सहित प्रदेश ३-०२-००२ प ४८८६ नं. को मोटरसाईकल शनिबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । तित्त्रीचोक बाट हरिवन तर्फ आउदै गरेको मोटरसाईकलले सशस्त्र प्रहरी बल, सुरक्षा बेश हरिवनबाट खटिएको गस्ति टोलीलाई देख्ना साथ मोटरसाईकल सहित जेब्रा झोला छाडी फरार भएको र उक्त झोला चेकजाँच गर्दा लागू औषध गाँजा फेला पारी उक्त लागू औषध र मोटरसाईकल नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय हरिवनमा बुझाएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । २.      धनुषा, जनकपुरधाम उपमहानगरपालिका-०४ शान्ति टोलबाट लागूऔषध गाँजा ३४८ किलो ६२२ ग्राम सहित ना ७ ख २२३७ नम्बरको टिप्पर गाडी शनिबार राती प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरी टोलिले उक्त पदार्थ नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।