अवैध सामान भन्सार दाखिला गराएको
२०८०-०५-२६
- A
- A-
- A+
रौतहट, मिति
२०८०।०५।२५ गते अं. १६:०० बजेको समयमा जिल्ला रौतहट गौर न.पा. २ स्थित जिल्ला
प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरी गस्ती टोलिले भारतबाट अवैध रुपमा भन्सार
छलि मो.सा.मा कपडा लगायतका सामानहरु लोड
गरि नेपाल तर्फ ल्याउँदै गरेको अवस्थामा प्रहरी गस्ति टोलिलाई देखी बिभिन्न
किसिमको कपडाहरु फाली मो.सा. सहित मानिस फरार रहेको, उक्त कपडाहरु
प्रहरी टोलीले नियन्त्रणमा लिई उक्त कपडाको मूल्य रु.२,६१,६००।– (दुई लाख
एकसठी हजार छ सय मात्र) कायम गरि आवश्यक कारबाहीको लागि गौर भन्सार कार्यालयमा
दाखिला गराएको ।