चालु मुद्दाको फरार प्रतिवादी पक्राउ
२०८०-०५-२६
- A
- A-
- A+
धनुषा, मिति
२०८०।०५।२५ गते दिनको अं.१५:३० बजेको समयमा जि.धनुषा क्षिरेश्वरनाथ न.पा. ५ स्थित
सखुवा बजारमा ई.प्र.का. महेन्द्रनगरबाट प्र.नि. को कमाण्डमा टोली खटि गइ रिना देवी
साहको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी जिल्ला धनुषा धनुषाधाम नगरपालिका वडा
नं. ६ बस्ने अशोक महतोको छोरा बर्ष २४ को ललित कुमार महतो समेत भएको सवारी अंगभंग
मुद्दाको ई.प्र.का. महेन्द्रनगर ७ नं. डायरीमा आ.व.०७९/०८० सालको मु.नं. ७६ मा
सवारी अंगभंग मुद्दा दर्ता भई पेण्डिङ्गमा रहेका मुद्दाको फरार प्रतिवादी ललित
कुमार महतोलाई खोजतलासको क्रममा सखुवा बजारमा घुमफिर गरिरहेको अवस्थामा फेला पारी
पक्राउ गरी ई.प्र.का. महेन्द्रनगर ल्याई राखेको
।