अवैध सामान भन्सार दाखिला गराए
२०८०-०५-२९
- A
- A-
- A+
रौतहट, मिति
२०८०।०५।२७ गते अं. ०५:०० बजेको समयमा ई.प्र.का.कोप्वापिपरिया रौतहटबाट खटिएको
टोलीले गस्ती गर्दै जाने क्रममा जिल्ला
रौतहट बौधीमाई न.पा. ५ स्थित भारत बाट अवैध रुपमा भन्सार छलि BR 30 C 8978 नंम्बरको मो.सा.मा कपडाहरु
लगायतका सामानहरु लोड गरि नेपाल तर्फ ल्याउदै गरेको अवस्थामा प्रहरी गस्ति टोलिलाई
देखी BR 30 C 8978 नंम्बरको मो.सा. सहित कपडाहरु फाली मानिस फरार
रहेको, उक्त मो.सा.र कपडाहरु प्रहरी टोलीले नियन्त्रणमा लिई उक्त मो.सा. र
कपडाको मूल्य रु.१,७६,१७०।– कायम गरि
आवश्यक कारबाहीको लागि गौर भन्सार कार्यालयमा दाखिला गराएको ।