लागु औषध सहित मानिस नियन्त्रणमा
२०८०-०६-०५
- A
- A-
- A+
१.
पर्सा, मिति २०८०।०६।०४ गते अं. १८:५० बजेको
समयमा जिल्ला पर्सा जगनाथपुर गा.पा. वडा नं. ३ बिजबनियाबाट स.प्र.बल नेपाल
प्रस्ताबित सिमा सुरक्षा गुल्म भिखमपुर पर्साबाट खटिएको स.प्र.ब.ह.को कमाण्डको
मो.सा. गस्ती टोलीले सडकको छेउमा रहेको परालको कुनिउमा लुकाई छिपाई बेवारिसे अवस्थामा
ला.औ. गाँजा १० के.जी. फेला पारी
स.प्र.ना.उ को कामाण्डको टोली बरामद गरि ऐ. २१:३०
बजेको समयमा प्र.चौ. पाण्डेपुरमा ल्याई बुझाएको उक्त गाँजा
प्र.चौ.पाण्डेपुर पर्सामा सुरक्षित राखिएको ।
२.
बारा, मिति २०८०।०६।०४ गते अं.१२:२० बजेको
समयमा जि.बारा कोल्हबी न.पा.-२ भलुवाईखोर स्थित अ.प्र.पोष्ट झुरझुरबाट प्र.स.नि. को
कमाण्डमा ३ जनाको खटिएको चेकिङ टोली चेकजाँच गर्ने क्रममा तामागढीबाट कोल्हबी तर्फ
आउँदै गरेको ना २ ह २२२१ नं.को अटो टेम्पु रोकी चेकजाँच गर्दा सो टेम्पुको तल
ईन्जिनको भागमा रातो रङको प्लास्टिकले बेरी बाँधी लुकाई छिपाई राखेको ५ (पाँच) वटा पोकामा अं.२५ के.जी.गाँजा
फेला पारी उक्त गाँजा, टेम्पु, टेम्पु चालक
जि.मकवानपुर हेटौंडा उ.म.न.पा.-१४ बस्ने अं. वर्ष ४३ को रुद्र बहादुर
स्याङतान र ऐ. अटोमा सवार ऐ.-१ बस्ने अं. वर्ष ३१ को कुमार घलान सहित नियन्त्रणमा
लिई अ.प्र.पोष्ट झुरझुर ल्याई राखिएको, ई.प्र.का.कोल्हबीबाट प्र.नि. भोलामान सिंह
अधिकारीको कमाण्डमा- ५ जनाको मुचुल्का सहितको टोली खटि गएको, अन्य अनुसन्धान कार्य
भईरहेको ।
३.
रौतहट, मिति २०८०।०६।०४ गते अं. ११:५५ बजेको
समयमा यस का.सु.गार्ड गौर रौतहटमा रहेका चोरी मुद्दाको थुनुवा वर्ष २२ को राहुल
यादवलाई भेट्न आएका निजको साथीहरूलाई चेकजाँच गर्दा जि.रौतहट राजदेवी न.पा.५ बस्ने
वर्ष २० को जेरी खानको साथबाट नाईट्रोभेट ट्याब्लेट १ पत्ता (८ पिस) फेला परेकोले
निजसंगै आएका ऐ. राजदेवी न.पा. ८ बस्ने वर्ष २३ को मो. आरमन र जि.रौतहट गौर न.पा.१
बस्ने वर्ष २२ को अंकित कुमार कर्ण सहित ३ जनालाई नियन्त्रणमा लिई आवश्यक
कार्वाहीको लागि जि.प्र.का. रौतहट पठाईएको ।