प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लागु औषध सहित मानिस नियन्त्रणमा

२०८२-०८-२४

  • A
  • A-
  • A+
Share


१. पर्सा, बिरगंज महानगरपालिका वडा नं. १६ नगवा पोखरी स्थितबाट लागू औषध ब्राउन सुगर जस्तो देखिने वस्तु  (प्लाष्टिक सहित ३०० मिलिग्राम र प्लाष्टिक बाहेक १२० मिलिग्राम) सहित बिरगंज माहानगरपालिका वडा नं. १६ नगवा बस्ने राजवलि महतोको छोरा अन्दाजी वर्ष २० को नितेश महतोलाई मंगलबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । वडा प्रहरी कार्यालय बिर्ताबाट खटिएको प्रहरी गस्ति टोलिले निज पैदल यात्री माथी शंका लागि चेकजाँच गर्दा निजले लगाएको ज्याकेटको दाँया खल्तिमा लुकाई छिपाई राखेको लागू औषध ब्राउन सुगर फेला पारी उक्त लागू औषध सहित निजलाई प्रहरीले नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

२. पर्सा, वीरगंज महानगरपालिका वडा नं. १५ प्रतिमा चौकबाट लागू औषध Tramol-50 लेखेको ६०५३ पत्ता - ६०५३० पिस) सहित जिल्ला धादिङ बेनीघाट रोराङ गाउँपालिका वडा नं. ६ बस्ने कुमार मगरको छोरा अन्दाजी बर्ष १९ को रामहरी मगर र जिल्ला धादिङ्ग सिदलेख गाउँपालिका वडा नं. ७ बस्ने गोबिन्द बहादुर मगरातीको छोरा अन्दाजी बर्ष १९ को राजकुमार मगरातीलाई मंगलबार बेलुका प्रहरीले नियन्त्रणमा लिएको छ । वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको प्रहरी गस्ती टोलिले गोप्य सुचनाको आधारमा वीरगंज बाट काठमाण्डौं तर्फ जादैं गरेको बागमति प्रदेश ०८-००१ ज ०११७ नं. को EV गाडी रोकी चेकजाँच गर्दा उक्त गाडिमा रहेको दुई वटा सुटकेशमा लुकाई छिपाई राखेको अवस्थामा उक्त लागु औषध फेला पारी लागू औषध सहित निजहरुलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

थप: माथी उल्लेखित लागु औषध सम्बन्धी प्रारम्भिक अनुसन्धानको शिलशिलामा जिल्ला पर्सा वीरगंज महानगरपालिका वडा नं.२४ रामगढवा टोल बस्ने अन्दाजी बर्ष ४५ को लालबाबु प्रसाद चौरसियाको घरमा खानतलासी गर्दा Tramol-50 लेखिएको लागु औषध १५३४ पत्तामा जम्मा १५३४० क्याप्सुल सहित जिल्ला पर्सा वीरगंज महानगरपालिका वडा नं. २४ बस्ने कन्हैया प्रसाद कुर्मीको छोरा अं.बर्ष २० को युवराज पटेल र सोहि स्थान बस्ने बच्चा देवानको छोरा अं.बर्ष २१ को अफजल देवानलाई बुधबार राति प्रहरीले नियन्त्रणमा लिएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

३. पर्सा, वीरगंज महानगरपालिका वडा नं. १० ठाकुराम क्याम्पसको नयाँ भवनबाट लागू औषध खैरो हेरोईन जस्तो देखिने वस्तु (प्लाष्टिक सहित १ ग्राम ६३० मिलिग्राम र प्लाष्टिक बाहेक १ ग्राम ४४० मिलिग्राम) सहित वीरगंज महानगरपालिका वडा नं. १७ अलौ बस्ने रामबाबु प्रसाद गुप्ताको छोरा अन्दाजी बर्ष २४ को बिशाल कुमार गुप्तालाई मंगलबार दिउँसो नियन्त्रणमा प्रहरीले लिएको छ । वडा प्रहरी कार्यालय बिर्ताबाट खटिएको प्रहरी गस्ति टोलिले निज पैदल यात्री माथी शंका लागि चेकजाँच गर्दा निजले बोकेको पर्सको भित्र लुकाई छिपाई राखेको लागू औषध खैरो हेरोईन फेला पारी लागू औषध सहित निजलाई प्रहरीले नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

४. धनुषा, जनकपुर उप-महानगरपालिका वडा नं. १६ कपिलेश्वर चेक पोईन्टबाट लागुऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ (प्लाष्टिक सहित ४.७२० मिलिग्राम र प्लाष्टिक बाहेक ३.७६ मिलिग्राम), प्रदेश २-०२-००१ प ९१७३ नं.को मोटरसाईकल सहित जिल्ला धनुषा विदेह नगरपालिका वडा नं. १ ठाडी बस्ने राम प्रसाद साह तेलीको छोरा अन्दाजी बर्ष ४१ को अशोक कुमार साहलाई मंगलबार साँझ प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी चौकी कपिलेश्वरबाट खटिएको प्रहरी चेकिङ्ग टोलीले भोईल बाट जनकपुर तर्फ आउदै गरेको मोटरसाईकल माथी शंका लागि चेकजाँच गर्दा उक्त मोटरसाईकलको सिट मुनी कालो प्लाष्टिकमा लुकाई छिपाई राखेको लागुऔषध फेला पारी उक्त लागुऔषध सहित मोटरसाईकल र निजलाई प्रहरीले नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार
लागु औषध सहित मानिस नियन्त्रणमा
२०८२-१०-०२

१.      धनुषा, धनौजी गाउँपालिका वडा नं. ०४ भडरिया चोकबाट Nitrazepam – १७ पिस, Sposh – ५ पिस, Exiplon – २ बोतल लागु औषध सहित धनुषा जनकपुर उप-महानगरपालिका वडा नं. १३ बस्ने  अन्दाजि बर्ष २६ को भिमलेश महतोलाई वुधबार बिहान प्रहरीले नियन्त्रणमा लिएको छ । भडरिया चोक स्थित मदिरा पसलमा पसल भित्र प्रवेश गरी चोरी गर्दै रहेको अवस्थामा निजलाई पसल साहुले नियन्त्रणमा लिई प्रहरी चौकी मगरियाटोल,धनौजीबाट  खटि गएको टोलिलाई जिम्मा लगाउँदा प्रहरीले चेकजाक गर्दा निजको साथबाट उक्त लागु औषधहरु फेला पारी लागु औषध सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।२.      सप्तरी, राजगढ गाउँपालिका वडा नं. ०५ धनकी टोलबाट २५ किलो ५०० ग्राम लागु औषध गाँजा, स ९ प ७७९४ नं. को मोटरसाइकल सहित जिल्ला सप्तरी राजगढ गाउँपालिका वडा नं. ०४ बस्ने अन्दाजि बर्ष ४० को देबेन्द्र मण्डललाई बुधबार बेलुका प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय सप्तरी, राजबिराजबाट खटिएको प्रहरी गस्ति टोलिले धनकी टोल स्थित नहरको बाटोमा उक्त मोटराइकलमाथी शंका लागी नियन्त्रणमा लिई चेकजाँच गर्दा उक्त लागु औषध गाजाँ फेला पारी लागू औषध सहित मोटरसाइकल र निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।३. सर्लाही, मलंगवा नगरपालिका वडा नं. ०९ निमगाछी स्थितबाट लागु औषध ASPAM TABLET  २० पिस,  BR 30 J 4864 न.को मोटरसाइकल सहित जिल्ला सर्लाही गोडैता नगरपालिका वडा नं. १० बस्ने रामपृत मण्डलको छोरा अन्दाजि बर्ष १८ को ईशान्त मण्डल, सोहि स्थानमा बस्ने बिपत पासवानको छोरा अन्दाजि बर्ष २० को चन्दन पासवानलाई बिहिबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी चौकी गोरखकाली सर्लाहीबाट खटिएको गस्ती टोलीले भारतबाट मलंगवा तर्फ आउँदै गरेको उक्त मोटरसाइकललाई  शंका लागी चेकजाँच गर्दा मोटरसाइकलको पछाडी सवार निज चन्दन पासवानको साथबाट उक्त लागु औषध फेला पारी लागु औषध सहित मोटरसाइकल र निजहरुलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

लागु औषध सहित मानिस नियन्त्रणमा
२०८२-०९-२८

            १.       सिरहा, नवराजपुर गाउँपालिका वडा नं. ०५ झाझपट्टीबाट लागु औषध ब्राउन सुगर (प्लाष्टिक सहित तौल गर्दा ४१.५४ ग्राम र प्लाष्टिक बाहेक तौल गर्दा ३९.९० ग्राम), प्रदेश २-०१-००२ प १६०८ नम्बरको मोटरसाईकल सहित जिल्ला सिरहा सखुवानन्कारकट्टी गाउँपालिका वडा नं. २ बस्ने आनन्द कामैतको छोरा अन्दाजी बर्ष २२ को श्रवन कुमार कामैतलाई शनिबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय महेशपुर पतार र झाझपट्टी सिरहाबाट खटिएको प्रहरीको संयुक्त गस्ति टोलीले भारतबाट नेपाल तर्फ आउँदै गरेको उक्त मोटरसाईकल माथी शंका लागि रोकेर चेकजाँच गर्दा निजले स्टिलको बट्टा भित्र लुकाई छिपाई राखेको लागु औषध ब्राउन सुगर फेला पारी उक्त लागु औषध सहित मोटरसाईकल र निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।२.      महोत्तरी, बर्दिवास नगरपालिका वडा नं. ०३ गौरीडाँडा स्थितबाट लागु औषध ब्राउन सुगर (प्लाष्टिक सहित १७.४३० ग्राम र प्लाष्टिक बाहेक शुद्द तौल १३.२४० ग्राम) सहित जिल्ला सिरहा धनगढी वडा नं. ५ हाल परिवर्तित गोलबजार नगरपालिका वडा नं. ०२ जनमटोली बस्ने रेश बहादुर श्रेष्ठको छोरा अन्दाजी बर्ष ३५ को विशाल श्रेष्ठ र जिल्ला सिरहा गोलबजार नगरपालिका वडा नं. ०४ नेपनीया टोल बस्ने दिनेश विश्वकर्मालाई शनिबार बिहान प्रहरीले नियन्त्रणमा लिएको छ । विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बर्दिवास र लागु औषध ब्युरो शाखा कार्यालय बर्दिवासबाट खटिएको संयुक्त प्रहरी टोलीले लहानबाट काठमाण्डौं तर्फ जाँदै गरेको बागमति प्रदेश ०१-००६ ख ६८७४ नं. को यात्रुबाहक EV गाडि रोकी चेकजाँच गर्दा उक्त गाडिको सिट नं. A मा बसेको विशाल कुमार श्रेष्ठ र सिट नं. B मा बसेको दिनेश विश्वकर्मा माथी शंका लागि रितपुर्वक निजहरुको शरीर तथा निजहरुले बोकेको झोला समेत खानतलासी गर्दा विशाल श्रेष्ठले बोकेको कालो लेदरको साईड भिर्ने झोला भित्र प्लाष्टिक भित्र र्‍याप गरी लुकाई छिपाई  राखेको २ पोका लागु औषध ब्राउन सुगर फेला पारी उक्त लागु औषध सहित निजहरुलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।३.      सप्तरी सुरुङ्गा नगरपालिका वडा नं.०४ कदमाहाबाट लागु औषध Diazepam -18 एम्पुल, Phenergan - 17 एम्पुल, Buprenorphin -18 एम्पुल सहित स ४ प ७७२३ नम्बरको मोटरसाईकल र जिल्ला सप्तरी सुरुङ्गा नगरपालिका वडा नं. ०७ चकदह (गाछी टोल) बस्ने दुर्गानन्द चौधरीको छोरा अन्दाजी बर्ष २२ को पारसमणी चौधरी र सोहि स्थान बस्ने देविन चौधरीको छोरा अन्दाजी बर्ष २० को विनय चौधरीलाई आइतबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय भेडिया सप्तरीबाट खटिएको प्रहरी गस्ति टोलीले उक्त मोटरसाईकल माथी शंका लागि रोकेर चेकजाँच गर्दा पछाडि सवार विनय चौधरीको साथमा लुकाई छिपाई राखेको लागु औषध फेला पारी उक्त लागु औषध सहित मोटरसाईकल र निजहरुलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।४.      रौतहट, परोहा नगरपालिका वडा नं. ०७ बसिर चौकबाट १२६ पत्ता ट्रामोल ट्याबलेट लागु औषध, BR05BL 8846 नं. को भारतीय मोटरसाईकल सहित जिल्ला बारा निजगढ नगरपालिका वडा नं. ०७ बस्ने भक्त बहादुर पुलामी मगरको छोरा अन्दाजी बर्ष ३० को शेखर पुलामी मगर र देश भारत जिल्ला मोतिहारी ग्राम पन्चायत कवैया वडा नं. ०६ बस्ने शंकर यादवको छोरा अन्दाजी बर्ष १८ को गुलु कुमार यादवलाई आइतबार राति प्रहरी नियन्त्रणमा लिएको छ । प्रहरी चौकी मोतिपुर नरकटिया रौतहटबाट खटिएको प्रहरी गस्ति टोलीले भारतबाट नेपाल तर्फ आउदै गरेको उक्त भारतीय नम्बरको मोटरसाईकल माथी शंका लागि रोकेर चेकजाँच गर्दा निजहरुले साथमा लुकाई छिपाई गरी ल्याउदै गरेको लागु औषध फेला पारी उक्त लागु औषध सहित निजहरुलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।५.      पर्सा, वीरगंज महानगरपालिका वडा नं. १४ गण्डक चौक स्थितबाट ४ किलो ३०० ग्राम लागु औषध गाँजा सहित जिल्ला पर्सा वीरगंज महानगरपालिका वडा नं. २८ बगही बस्ने अन्दाजी बर्ष ५० को राम सुरेश सहनीलाई आइतबार बिहान प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी चौकी गण्डक पर्साबाट खटिएको चेकिङ्ग टोलीले परवानीपुरबाट वीरगंज तर्फ जाँदै गरेको निज साइकल यात्री माथी शंका लागि रोकेर चेकजाँच गर्दा निजले शरीरमा लुकाई छिपाई गरी लैजादै गरेको लागु औषध गाँजा फेला पारी उक्त गाँजा सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

स्रोत नखुलेको रकम सहित मानिस नियन्त्रणमा
२०८२-०९-२८

१.      सर्लाही, मलगंवा नगरपालिका वडा नं. ०९ निमगासीबाट श्रोत नखुलेको नेपाली रु. ५,५०,०००।– (पाँच लाख पचास हजार), BR30AC 2605 नम्बरको भारतीय मोटरसाईकल सहित जिल्ला सर्लाही कौडेना गाउँपालिका वडा नं. ०७ सक्रौल बस्ने प्रमेश्वर शर्माको छोरा अं. बर्ष २३ को अर्जुन बरही र जिल्ला सर्लाही कौडेना गाउँपालिका वडा नं. ६ सक्रौल बस्ने राम परिक्षण साहको छोरा अन्दाजी बर्ष ४६ को संजय साहलाई आइतबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी चौकी गोरखकाली सर्लाहीबाट खटिएको प्रहरी गस्ति टोलीले भारतबाट नेपाल तर्फ आउदै गरेको उक्त भारतीय मोटरसाईकल माथी शंका लागि रोकेर चेकजाँच गर्दा पछाडि सवार संजय साहले बोकेको खैरो रंगको प्लाष्टिकको बोरा भित्र गम्छामा बाँधी राखेको नेपाली रु. १,००० को नोट १०० थान र नेपाली रु. ५०० को नोट ९०० थान पैसा फेला पारी उक्त रकम, मोटरसाईकल सहित निजहरुलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेषको छ ।

लागु औषध सहित मानिस नियन्त्रणमा
२०८२-०९-२५

१.       पर्सा,बिन्दवासिनी गाउँपालिका वडा नं. ०२ गर्दैलबाट २२ किलोग्राम लागु औषध चरेश जस्तो देखिने पदार्थ सहित बीरगंज महानगरपालिका वडा नं. १५ मुर्ली बस्ने अन्दाजि बर्ष २० को रैस अलि र पोखरिया नगरपालिका वडा नं. ०८ बस्ने अन्दाजि बर्ष ५५ को मुनिलाला पटेललाई विहिबार बिहान प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय पोखरिया र अस्थाई प्रहरी पोष्ट बहुअर्वाबठाबाट खटिएको संयुक्त प्रहरी गस्ती टोलिले बिरगंज पोखरिया सडक खण्डमा शंकास्पद रुपमा हिडिरहेको निज दुई जनै पैदल यात्रीहरुमाथी शंका लागि नियन्त्रणमा लिई चेकजाँच गर्दा दुबै जनाले बोकेको कालो झोला भित्र राखिएको पानी खाने १० लिटरको ग्यालनमा लागु औषध चरेश जस्तो देखिने पर्दाथ रैस अलिले बोकेको ग्यालनमा ग्यालन सहित १० किलो ६०० ग्राम तथा मुनिलाला पटेलले बोकेको ग्यालनमा ग्यालन सहित ११ किलो ४०० ग्राम फेला पारी लागु औषध चरेश जस्तो देखिने पदार्थ सहित निजहरुलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।२.      बारा, प्रसौनी गाउँपालिका वडा नं. ०१ नकटुवाबाट २ किलो २४ ग्राम लागु औषध अफिम, BR01CL6079 नं.को कार सहित पर्सा बहुदरमाई नगरपालिका वडा नं. ०७ बस्ने राम नारायण राउत कुर्मिको छोरा अन्दाजि बर्ष ३८ को निलेश पटेल कुर्मी, बीरगंज महानगरपालिका वडा नं. ११ श्रीपुर बस्ने मोहम्मद समिरको छोरा अन्दाजि बर्ष ३२ को जौवाद अमहद तथा पर्सा बिन्दाबासिनी गाउँपालिका वडा नं. ०२ बस्ने रामएकवाल प्रसाद चौरसियाको छोरा अन्दाजि बर्ष ४८ को शेषनाथ चौरसियालाई विहिबार साझँ प्रहरीले नियन्त्रणमा लिएको छ । पतञ्जलीबाट नकटुवा तर्फ जादै गरेको उक्त भारतीय नम्बर प्लेटको कारमा निषेधित लागु औषध अफीम बोकी हिडेको बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय प्रसौनी, बारा र लागु औषध नियन्त्रण ब्युरो शाखा कार्यालय पर्साबाट खटिएको संयुक्त प्रहरी चेकिङ् टोलिले उक्त गाडिलाई बाटोमा रोकी नियन्त्रणमा लिई चेकजाँच गर्दा कारको पछाडिको सिट माथि कालो प्लाष्टिकमा प्याक गरी राखेको २ पोका लागु औषध अफिम फेला पारी लागु औषध, कार सहित निजहरुलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।  

अबैध समान सहित ट्रकहरु नियन्त्रणमा
२०८२-०९-२४

महोत्तरी, पिपरा गाँपालिका वडा नं. ०५ स्थितबाट भन्सार प्रज्ञापन पत्रमा उल्लेखित समानहरु शंकास्पद देखिएकोले अन्दाजी  नेपाली रु. ६६,०३,२००।– ( छैसठ्ठी लाख तिन हजार दुई सय ) बराबरको ६५,०८० किलोग्राम सखर, UP 38 AT 4125 , BR 06 GF 6929 नम्वरको ट्रकहरु सहित चालक देश भारत यु.पि. जिल्ला सम्मल दिपासराय ग्राम पञ्चायत बस्ने अन्दाजी बर्ष ५० को जाबेद उल ईस्लाम र सितामढि रंजितपुर ग्राम पञ्चायत २ बस्ने अन्दाजी बर्ष ३९ को कृष्ण यादबलाई बुधबार राती प्रहरीले नियन्त्रणमा लिएको छ । गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट खटिएका प्रहरी चेकिङ्ग टोलिले जलेश्वरबाट जनकपुर तर्फ जादै गरेको उक्त ट्रकहरुलाई रोकी  चेकजाँच गर्ने क्रममा लोड रहेको सखर (गुड) सहितको ट्रकहरुको भन्सार प्रज्ञापन पत्रमा उल्लेखित जिल्ला भन्दा अन्यत्र जिल्ला तर्फ जादै गरेको अवस्थाबाट ट्रकहरु सहित निजहरुलाई नियन्त्रणमा लिई पथलैया भन्सार कार्यालय,बारा पठाईएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।