लागु औषध सहित मानिस नियन्त्रणमा
२०८३-०१-२९
- A
- A-
- A+
१.
पर्सा, विरगंज महानगरपालिका १६ इनर्वाबाट अवैध
लागूऔषध खैरो हेरोईन ३ ग्राम ४२ मिलिग्राम सहित १ जनालाई सोमबार दिउँसो प्रहरीले
पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला बारा जितपुरसिमरा उपमहानगरपालिका ०७ बस्ने
रामचन्द्र साहको छोरा अन्दाजी बर्ष ३४ को संजय साह रहेका छन् । प्रहरी चौकी इनर्वा
र लागू औषध ब्यूरो शाखा कार्यालय विरगंजबाट खटिएको संयुक्त प्रहरी टोलिले
रक्सौलबाट विरगंज तर्फ आउँदै गरेको पैदल यात्री माथी शंका लागि चेकजाँच गर्दा उक्त
लागु पदार्थ फेला पारी उक्त लागू पदार्थ सहित निजलाई प्रहरीले नियन्त्रणमा लिएको
हो । यस सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।
२.
पर्सा, विरगंज महानगरपालिका १६ इनर्वाबाट अवैध
लागूऔषध खैरो हेरोईन ०.४३ मिलिग्राम सहित १ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ
गरेको छ । पक्राउ पर्नेमा जिल्ला पर्सा विरगंज महानगरपालिका १६ बस्ने अशोक प्रसाद
यादवको छोरा अन्दाजी बर्ष २१ को बिशाल यादव रहेका छन् । प्रहरी चौकी इनर्वा र लागू
औषध ब्यूरो शाखा कार्यालय विरगंजबाट खटिएको संयुक्त प्रहरी टोलिले रक्सौलबाट
विरगंज तर्फ आउँदै गरेको पैदल यात्री माथी शंका लागि चेकजाँच गर्दा लागु पदार्थ
फेला पारी उक्त लागू पदार्थ सहित निजलाई प्रहरीले नियन्त्रणमा लिएको हो । यस
सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।
३.
पर्सा, विरगंज महानगरपालिका १६ इनर्वा
स्थितबाट अवैध लागूऔषध चरेश ४ ग्राम ३१ मिलिग्राम, खैरो हेरोईन ०.१० मिलिग्राम,
म.प्र.०३-०४१ प ४०२४ नम्बरको मोटरसाईकल सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले
नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा जिल्ला पर्सा विरगंज महानगरपालिका ०३ बस्ने
चाँद महमदको अंसारीको छोरा अन्दाजी बर्ष २६ को पैयाल अंसारी र जिल्ला बारा प्रसौनी
गाउँपालिका ०३ बस्ने रामनारायण साहको छोरा अन्दाजी बर्ष ३४ को संजय साह रहेका छन्
। प्रहरी चौकी इनर्वा र लागू औषध ब्यूरो शाखा कार्यालय विरगंजबाट खटिएको संयुक्त
प्रहरी टोलिले रक्सौलबाट विरगंज तर्फ आउँदै गरेको मोटरसाईकल रोकि चेकजाँच गर्ने
क्रममा लागु पदार्थ फेला पारी उक्त लागू पदार्थ सहित निजहरुलाई प्रहरीले
नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।