अवैध सामान सहित ई-रिक्सा नियन्त्रणमा
२०८३-०३-०९
- A
- A-
- A+
१.
पर्सा, विरगंज महानगरपालिका १६ बाइपास रोड
स्थितबाट अवैध भन्सार छलि चोरी पैठारीका ८०० मिटर कपडा सहित ना २ ह ५५९३ नम्बरको
ई-रिक्सा सोमबार साँझ प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी चौकी गणेशटोल र सिमा
सुरक्षा गुल्म विरगंज, पर्साबाट खटिएको संयुक्त प्रहरी टोलीले भारतबाट नेपाल तर्फ
आउँदै गरेको ई-रिक्सा चेकजाँच गर्दा अन्दाजी रु. ४,०८,०००/- (चार लाख आठ हजार
रुपैयाँ) मुल्य बराबरको कपडा र अन्दाजी रु. ४,००,०००/- (चार लाख रुपैयाँ) मुल्य
बराबरको ई-रिक्सा नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि भन्सार कार्यालय विरगंज
बुझाएको हो ।