राँगा, सवारी साधन सहित मानिस नियन्त्रणमा ।
२०८३-०३-०७
- A
- A-
- A+
१.
बारा, सिम्रौनगढ
नगरपालिका-१ खजानी गाउँबाट अवैध भन्सार छलिका ६ वटा राँगा, ग ३ च ७१५२ नम्बरको
पिकअप सहित २ जनालाई शुक्रबार राति प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा
जिल्ला गोरखा गोरखा नगरपालिका-१ बस्ने पुर्ण बहादुर रोकाको छोरा अन्दाजी बर्ष २३
को लक्ष्मण रोका र सोहि नगरपालिका-४ बस्ने हरी शरण बानियाको छोरा अन्दाजी बर्ष ३३
को ध्रुव बानिया रहेका छन् । अस्थायी प्रहरी पोष्ट पथलबाघाटबाट खटिएको प्रहरी
टोलिले अन्दाजी ९०,०००/- मुल्य बराबरको राँगा र अन्दाजी ३०,००,०००/- मुल्य बराबरको
पिकअप सहित निजहरुलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि विरगंज भन्सार
कार्यालय पर्सामा पठाएको छ ।