लागु औषध सहित मानिस नियन्त्रणमा
२०८३-०३-०९
- A
- A-
- A+
१.
पर्सा, बिरगंज महानगरपालिका-१४ गण्डक चोक
स्थित चेकपोष्टबाट बिल बिजक फरक भएका खुद्रा सामानहरु सहित बा.प्र.०३-००१ ख ३३४६ नम्बरको मालवाहक
ट्रक मिति २०८३ असार ०२ गते राजश्व अनुसन्धान कार्यालय पथलैया, बारा पठाइएकोमा
उक्त ट्रकको सामानहरु राजश्व अनुसन्धान कार्यालय पथलैयाद्वारा चेकजाँच तथा भौतिक
गणना गर्ने क्रममा खुद्रा सामानहरु बाहेक थप लागूऔषध Tramadol Hydrochloride Capsules (Tramodol-50) -
१,२०,६२० (एक लाख बिस हजार छ सय बिस) पिस फेला परेको हुँदा उक्त
मालवाहक ट्रक, सामानहरु र प्रतिबन्धित लागूऔषध सहित पुन: जिल्ला प्रहरी कार्यालय
पर्सामा पठाईएको छ । यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।