अवैध खरबुजाको बिउ सहित ट्रक नियन्त्रणमा ।
२०८३-०३-०८
- A
- A-
- A+
१.
बारा, सिम्रौनगढ नगरपालिका -६ पावर
हाउसबाट अन्दाजी रु. २२,९९,२३३.६०/- (बाईस लाख
उनान्सय हजार दुईसय तेंतिस रुपैयाँ साठी पैसा) मुल्य
बराबरको खरबुजाको बिउ सहित ना. ४ ख. ८३४१ नम्बरको ट्रक आईतबार राती प्रहरीले
नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय सिम्रौनगढबाट खटिएको प्रहरी चेकिङ्
टोलिले उक्त ट्रक रोकी चेकजाँच गर्दा बिलबिजक शंकास्पद
भएका खरबुजाको बिउ फेला पारी उक्त सामान सहित ट्रक नियन्त्रणमा लिई आवश्यक
अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय बारामा पठाइएको छ । यस सम्बन्धमा
प्रहरीले आवश्यक अनुसन्धान गरिहरेको छ ।