प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

सुन चाँदी जस्तो देखिने पदार्थ सहित मानिस नियन्त्रणमा ।

२०८३-०३-०८

  • A
  • A-
  • A+
Share

१.      पर्सा, विरगंज महानगरपालिका-१६ रजतजयन्ति चौकबाट सुन जस्तो देखिने धातु ६६० मिलिग्राम र चाँदी जस्तो देखिने धातु २००.७४ ग्राम सहित ३ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत देश मध्य प्रदेश बहेराभाटा सालटेकुरी बालाधाट घर भई बिहार जिल्ला मोतिहारी रक्सौल ढंकन रोड डेरा गरी बस्ने सुकलाल उडंकेको छोरा अन्दाजी बर्ष २३ को बसंत उडंके, सोहि स्थान बस्ने जितु उडंकेको छोरा अन्दाजी बर्ष १८ को राजा उडंके र निजको भाइ अन्दाजी बर्ष १६ को बिशाल उडंके रहेका छन् । प्रहरी चौकी इनर्वाबाट खटिएको प्रहरी टोलिले भारतबाट नेपाल तर्फ आउँदै गरेको पैदल यात्री माथि शंका लागि चेकजाँच गर्दा उक्त धातु सहित निजहरुलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार
लागु औषध सहित मानिस नियन्त्रणमा
२०८३-०३-०९

१.      पर्सा, बिरगंज महानगरपालिका-१४ गण्डक चोक स्थित चेकपोष्टबाट बिल बिजक फरक भएका खुद्रा सामानहरु सहित बा.प्र.०३-००१ ख ३३४६ नम्बरको मालवाहक ट्रक मिति २०८३ असार ०२ गते राजश्व अनुसन्धान कार्यालय पथलैया, बारा पठाइएकोमा उक्त ट्रकको सामानहरु राजश्व अनुसन्धान कार्यालय पथलैयाद्वारा चेकजाँच तथा भौतिक गणना गर्ने क्रममा खुद्रा सामानहरु बाहेक थप लागूऔषध Tramadol Hydrochloride Capsules (Tramodol-50) - १,२०,६२० (एक लाख बिस हजार छ सय बिस) पिस फेला परेको हुँदा उक्त मालवाहक ट्रक, सामानहरु र प्रतिबन्धित लागूऔषध सहित पुन: जिल्ला प्रहरी कार्यालय पर्सामा पठाईएको छ । यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।

लागु औषध सहित मानिस नियन्त्रणमा ।
२०८३-०३-०८

१.      पर्सा, विरगंज महानगरपालिका-१६ मितेरी पुलबाट अवैध लागूऔषध खैरो हेरोइन १.०९ मिलिग्राम, BR 05 R 4005 नम्बरको भारतीय ई-रिक्सा सहित भारत बिहार राज्य पुर्वी चम्पारण अहिर्वा बस्ने रामदेव पटेलको छोरा अन्दाजी बर्ष २१ को मोहित कुमार पटेललाई शुक्रबार अपराह्न प्रहरी नियन्त्रणमा लिएको छ । प्रहरी चौकी इनर्वा र सिमा सुरक्षा गुल्म विरगंजबाट खटिएको संयुक्त प्रहरी टोलीले उक्त लागूपदार्थ सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।२.      महोत्तरी, बर्दिवास नगरपालिका-३ गौरीडाँडाबाट अवैध लागूऔषध Nitrazepaam Ip - ६ पिस, Antikof - २ पिस, Spasrest-१६ पिस र खाली खोल - २९ पिस सहित सोहि स्थानमा बस्ने निशल ठाडा मगरको छोरा अन्दाजी बर्ष २८ को बिकास ठाडा मगरलाई शुक्रबार साँझ प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय बर्दिवास र लागू औषध ब्युरो शाखा कार्यालय बर्दिवासबाट खटिएको संयुक्त प्रहरी टोलीले उक्त लागू पदार्थ सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।  ३.      महोत्तरी, सम्सी गाउँपालिका-४ स्थितबाट अवैध लागूऔषध NITZASCEN10 - २० पिस, मधेश प्रदेश ३-०४२ प ८३९२ नम्बरको मोटरसाईकल सहित महोत्तरी लोहारपट्टी नगरपालिका-६ बस्ने अन्दाजी बर्ष २० को सेराजुल कवाडिलाई शुक्रबार अपराह्न प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी चौकी गैडाभेटपुरबाट खटिएको प्रहरी टोलिले उक्त लागू पदार्थ सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।४.      धनुषा, धनौजी गाउँपालिका-०३ कटैया चोकबाट अवैध लागूऔषध Nitrazepam Tablet १० पिस, प्र.२-०३-०१७ प ६०१० नम्बरको मोटरसाईकल सहित ४ जनालाई शुक्रबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा धनुषा हंसपुर नगरपालिका-१ मानसिपट्टी बस्ने अनिष मण्डलको छोरा अन्दाजी बर्ष २० को ओम मण्डल र सिताशरवण दासको छोरा अन्दाजी बर्ष २९ को सरोज दास, सोहि स्थानको मझोरा टोल बस्ने अन्दाजी बर्ष २० को गंगाराम कुमार दास र लक्ष्मी दासको छोरा अन्दाजी बर्ष १८ को दिपक कुमार दास रहेका छन् । प्रहरी चौकी धनौजीबाट खटिएको प्रहरी टोलिले भारतबाट नेपाल तर्फ आउँदै गरेको मोटरसाईकल चेकजाँच गर्दा उक्त लागू पदार्थ सहित निजहरुलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।५.      सप्तरी, बोदेबर्साईन नगरपालिका-९ स्वर्णपट्टीबाट अवैध लागूऔषध ब्राउन सुगर ३१.९१ ग्राम, स ७ प ८५२३ नम्बरको मोटरसाईकल सहित २ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरी शम्भुनाथ नगरपालिका-८ पोखरिया बस्ने लक्ष्मी नारायण चौधरीको छोरा अन्दाजी बर्ष ३८ को त्रिलोकी चौधरी र सोहि नगरपालिका ७ भङ्गाटोल बस्ने अरुण कुमार तातीको छोरा अन्दाजी बर्ष ३२ को सन्तलाल दास रहेका छन् । विशेष सुराकीको आधारमा इलाका प्रहरी कार्यालय कडरबोना र प्रहरी चौकी देउरीबाट खटिएको संयुक्त प्रहरी टोलिले भारतबाट नेपाल तर्फ आउँदै गरेको उक्त मोटरसाईकल चेकजाँच गर्दा लागू पदार्थ सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।६.      धनुषा, जनकपुर उपमहानगरपालिका-१९ शिवपुरबाट अवैध लागूऔषध गाँजा १ किलो १०० ग्राम सहित बारा गढिमाई नगरपालिका-४ बस्ने रामराज महतोको छोरा अन्दाजी बर्ष ५० को राम कनाही महतोलाई शनिबार बिहान प्रहरीले नियन्त्रणमा लिएको छ । लागूऔषध बिक्रि वितरण भइरहेको छ भन्ने गोप्य सूचनाको आधारमा वडा प्रहरी कार्यालय रेल्वेबाट खटिएको प्रहरी टोलिले उक्त गाँजा फेला पारी गाँजा सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।७.      पर्सा, विरगंज महानगरपालिका-१६ रजतजयन्ति चौकबाट अवैध लागूऔषध ब्राउन सुगर १.३७ ग्राम (प्लाष्टिक सहित), ना ३४ प ९९६९ नम्बरको मोटरसाईकल सहित २ जनालाई आईतबार मध्याह्न प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा बारा कलैया उपमहानगरपालिका-०३ बस्ने कुरवान मन्सुरको छोरा अन्दाजी बर्ष १९ को तबरेज मन्सुर र सोहि स्थान बस्ने साजिर मन्सुरको छोरा अन्दाजी बर्ष १८ को कौसिक मन्सुर रहेका छन् । प्रहरी चौकी इनर्वाबाट खटिएको प्रहरी टोलिले भारतबाट नेपाल तर्फ आउँदै गरेको मोटरसाईकल चेकजाँच गर्दा उक्त लागु पदार्थ सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।८.      बारा, जितपुर सिमरा उपमहानगरपालिका-२१ छठियाघाट नजिकबाट बेवारिसे अवस्थाको अवैध लागूऔषध गाँजा १५ किलो ३०० ग्राम आईतबार बिहान प्रहरीले फेला पारेको छ । इलाका प्रहरी कार्यालय अमलेखगंजबाट खटिएको प्रहरी टोलिले बाटो छेउमा बेवारिसे अवस्थाको राखेको झोला खोलि हेर्दा उक्त लागूऔषध गाँजा फेला पारेको ह । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।९.      धनुषा, नगराईन नगरपालिका-६ लग्मा स्थितबाट अवैध लागूऔषध SPASMO PROXYVON PLUS - १० पिस), प्रदेश २-०१० प २६११ नम्बरको स्कुटी सहित २ जनालाई आईतबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा जिल्ला धनुषा क्षिरेश्वरनाथ नगरपालिका-०५ महेन्द्रनगर बस्ने अन्दाजी बर्ष ३९ को बाबुराम भुजेल र सोहि स्थान बस्ने अन्दाजी बर्ष ३६ को टिका बहादुर सार्की रहेका छन् । इलाका प्रहरी कार्यालय लग्माजटहीबाट खटिएको प्रहरी टोलिले भारतबाट नेपाल तर्फ आउँदै गरेको मोटरसाईकल चेकजाँच गर्दा उक्त लागु पदार्थ सहित निजहरुलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । सिरहा, सिरहा नगरपालिका-२१ लकडिगोठ स्थितबाट अवैध लागूऔषध ब्राउन सुगर ९२.३० ग्राम सहित २ जनालाई आईतबार अपराह्न प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा भारत मधुवनी जिल्ला पदमाहा ग्राम पञ्चायत वडा नं. २ जोगियाटोल बस्ने अन्दाजी बर्ष २८ को छोटु भन्ने रंजित कुमार पासवान र सोहि स्थान बस्ने अन्दाजी बर्ष १७ को रमन कुमार पासवान रहेका छन् । लागूऔषध कारोबार भईरहेको छ भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सिरहा, इलाका प्रहरी कार्यालय महेशपुरपतार र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय गोलबजारबाट खटिएको संयुक्त प्रहरी टोलिले मौखिक चेतावनी दिई आत्म समर्पण गर्नु भन्दा निज व्यक्तिहरुले ढुङ्गामुडा गरी भारत तर्फ भाग्न लागेकोले एक राउण्ड पेस्तोलबाट हवाई फायर गर्दा समेत निजहरुले ढुङ्गामुडा गरी भाग्न खोज्दा १ राउण्ड गोलि प्रहार गरी सोहि समुहका मुख्य व्यक्ति छोटु भन्ने रंजित कुमार पासवानको दाहिने खुट्टाको पिँडुलामा गोलि लागि घाईते बनाई उक्त लागु पदार्थ सहित निजहरुलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध खरबुजाको बिउ सहित ट्रक नियन्त्रणमा ।
२०८३-०३-०८

१.      बारा, सिम्रौनगढ नगरपालिका -६ पावर हाउसबाट अन्दाजी रु. २२,९९,२३३.६०/- (बाईस लाख उनान्सय हजार दुईसय तेंतिस रुपैयाँ साठी पैसा) मुल्य बराबरको खरबुजाको बिउ सहित ना. ४ ख. ८३४१ नम्बरको ट्रक आईतबार राती प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय सिम्रौनगढबाट खटिएको प्रहरी चेकिङ् टोलिले उक्त ट्रक रोकी चेकजाँच गर्दा बिलबिजक शंकास्पद भएका खरबुजाको बिउ फेला पारी उक्त सामान सहित ट्रक नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय बारामा पठाइएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिहरेको छ ।

राँगा, सवारी साधन सहित मानिस नियन्त्रणमा ।
२०८३-०३-०७

१.      बारा, सिम्रौनगढ नगरपालिका-१ खजानी गाउँबाट अवैध भन्सार छलिका ६ वटा राँगा, ग ३ च ७१५२ नम्बरको पिकअप सहित २ जनालाई शुक्रबार राति प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा जिल्ला गोरखा गोरखा नगरपालिका-१ बस्ने पुर्ण बहादुर रोकाको छोरा अन्दाजी बर्ष २३ को लक्ष्मण रोका र सोहि नगरपालिका-४ बस्ने हरी शरण बानियाको छोरा अन्दाजी बर्ष ३३ को ध्रुव बानिया रहेका छन् । अस्थायी प्रहरी पोष्ट पथलबाघाटबाट खटिएको प्रहरी टोलिले अन्दाजी ९०,०००/- मुल्य बराबरको राँगा र अन्दाजी ३०,००,०००/- मुल्य बराबरको पिकअप सहित निजहरुलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि विरगंज भन्सार कार्यालय पर्सामा पठाएको छ ।