लागु औषध सहित मानिस नियन्त्रणमा
२०८३-०३-१०
- A
- A-
- A+
१.
सिरहा, लक्ष्मीपुरपतारी गाउँपालिका-२ स्थितबाट
अवैध लागूऔषध खैरो हेरोइन ४.०५ ग्राम, म.प्र. ०१-००५ प ०९२४ नम्बरको मोटरसाईकल
सहित २ जनालाई मंगलबार राति प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा सिरहा लहान
नगरपालिका-१० बस्ने अन्दाजी बर्ष २३ को मो. कलाम मन्सुरी र सोहि नगरपालिका ६ बस्ने अन्दाजी
बर्ष २३ को आयुष भुजेल रहेका छन् । इलाका प्रहरी कार्यालय महेशपुरपतार र लागूऔषध
व्युरो शाखा कार्यालय गोलबजारबाट खटिएको संयुक्त प्रहरी टोलीले लदनियाबाट लहान
तर्फ आउँदै गरेको मोटरसाईकल चेकजाँच गर्दा उक्त लागूपदार्थ सहित निजहरुलाई
नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
२.
धनुषा, मिथिला नगरपालिका-७ ढल्केवरबाट अवैध
लागूऔषध खैरो हेरोइन ८.४४० ग्राम, ज १३ प १३२८ नम्बरको मोटरसाईकल सहित धनुषा
मिथिला नगरपालिका-१ लक्ष्मी निवास बस्ने ब्रहमदेव यादवको छोरा अन्दाजी बर्ष २३ को बिजय यादवलाई
मंगलबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय ढल्केवरबाट
खटिएको प्रहरी टोलीले ढल्केवर बजारबाट बर्दिवास तर्फ जाँदै गरेको मोटरसाईकल
चेकजाँच गर्दा उक्त लागूपदार्थ सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा
प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।