कटुवा पेस्तोलको गोली सहित मानिस पक्राउ ।
२०८३-०३-११
- A
- A-
- A+
१.
सप्तरी, बलानबिहुल गाउँपालिका-३ टिकुलिया
स्थितबाट गैर कानूनी कटुवा पेस्तोलको २ (दुई) राउण्ड गोली सहित १ जनालाई बुधबार
साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही स्थानमा बस्ने पाण्डव
पासवानको छोरा अन्दाजी बर्ष ३२ को शुभाष पासवान रहेका छन् । प्रहरी चौकी बेल्ही
सप्तरीबाट खटिएको प्रहरी चेकिङ् टोलिले बेल्हीबाट टिकुलिया तर्फ जादै गरेको निज
शुभाष पासवान माथी शंका लागी चेकजाँच गर्दा निजको साथबाट उक्त २ (दुई) राउण्ड गोली
फेला पारी गोली सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक
अनुसन्धान गरिरहेको छ ।