लागु औषध सहित मानिस नियन्त्रणमा ।
२०८३-०१-३०
- A
- A-
- A+
१.
पर्सा, पोखरीया नगरपालिका ४ पोखरीया बजारबाट
अवैध लागूऔषध ब्राउन सुगर १९० मिलिग्राम सहित सोहि स्थान बस्ने आमिचन साह कानुको
छोरा अन्दाजी बर्ष २२ को राजेश साह कानुलाई मंगलबार राति प्रहरीले नियन्त्रणमा
लिएको छ । इलाका प्रहरी कार्यालय पोखरीयाबाट खटिएको प्रहरीको टोलिले उक्त पदार्थ
सहित निजलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ
।
२.
धनुषा, बिदेह नगरपालिका १ दुर्गा मन्दिर
अगाडिबाट अवैध लागूऔषध ब्राउन सुगर ०.५३ मिलिग्राम सहित २ जनालाई प्रहरीले मंगलबार
साँझ नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा धनुषा शहिद नगरपालिका १ कुमकरण बस्ने
श्याम सुन्दर यादवको छोरा अन्दाजी बर्ष २८ को धर्मेन्द्र कुमार यादव र सोहि स्थान
बस्ने श्रवण यादवको छोरा अन्दाजी बर्ष २० को सोनु कुमार यादव रहेका छन् । प्रहरी
चौकी ठाडीझिझाबाट खटिएको प्रहरीले भारतबाट नेपाल तर्फ आउँदै गरेको म.प्र.०३-०३८ प
०२३९ नम्बरको मोटरसाईकल चेकजाँच गर्दा उक्त पदार्थ सहित उनिहरुलाई नियन्त्रणमा
लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
सप्तरी, कन्चनरुप नगरपालिका ९ रुपनगरबाट अवैध लागूऔषध ब्राउन सुगर २.४९ ग्राम, गाँजा १४० ग्राम सहित सोहि स्थान बस्ने सन्तोष कुमार यादवको श्रीमति अन्दाजी बर्ष ३० की मनरेखा यादवलाई मंगलबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय कन्चनपुरबाट खटिएको प्रहरीको टोलिले उक्त पदार्थ सहित निजलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।