मोटरसाईकल सहित चोर (मानिस) पक्राउ ।
२०८३-०३-१२
- A
- A-
- A+
१.
धनुषा, जनकपुर
उपमहानगरपालिका ०९ स्थितबाट मधेश प्रदेश ०२-०१० प ५९०३ नम्बरको मोटरसाईकल चोरी
गर्ने क्रममा मकवानपुर बागमती नगरपालिका ०३ बस्ने नन्दलाल तामाङ्गको छोरा अन्दाजी वर्ष
२२ को प्रेम बहादुर तामाङ्गलाई बिहिबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ ।
काब्या अस्पताल अगाडि जिल्ला महोत्तरी रामगोपालपुर नगरपालिका ०६ बस्ने अन्दाजी बर्ष
३० को विजय कुमार यादवले पार्किङ्ग गरी राखेको स्थानबाट उक्त मोटरसाईकल चोरी गर्ने
क्रममा वडा प्रहरी कार्यालय मुझेलियाबाट खटिएको प्रहरीले मोटरसाईकल सहित निजलाई
नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।