प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लागूऔषध सहित मानिस नियन्त्रणमा

२०८३-०१-२८

  • A
  • A-
  • A+
Share


१.      रौतहट, गौर नगरपालिका ४ गढवा चौकबाट अवैध लागूऔषध Cerejack इन्जेक्सन - १२ पिस, Phenagan - ४ पिस, सिरिन्च-६ पिस सहित ३ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला बाग्लुङ्ग बाग्लुङ्ग नगरपालिका ३ बस्ने धन बहादुर कामीको छोरा अन्दाजी बर्ष २६ को रुपेश बि.क., जिल्ला तनहुँ स्वर्ण नगरपालिका ३ बस्ने बद्री सुनारको छोरा अन्दाजी बर्ष २१ को सुशिल सुनार र जिल्ला रौतहट रघुगंगा गाउँपालिका २ बस्ने सुरज बहादुर के.सी.को छोरा अन्दाजी बर्ष २४ को राजन के.सी.रहेका छन् । अस्थायी प्रहरी पोष्ट बसपार्क रौतहटबाट खटिएको प्रहरीको टोलीले उक्त लागूऔषध सहित निजहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

२.      पर्सा, विरगंज महानगरपालिका १६ भन्सार कार्यालय अगाडिबाट अवैध लागूऔषध ब्राउन सुगर ५ ग्राम, सेतो हेरोईन ०.२५ मिलिग्राम सहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा जिल्ला मकवानपुर हेटौंडा उप-महानगरपालिका ११ सिमलटार बस्ने होमनाथ घिमिरेको छोरा अन्दाजी बर्ष २० को सागर घिमिरे र सोहि स्थान बस्ने भिम बहादुर जिम्बाको छोरी अन्दाजी बर्ष २३ की पुजा जिम्बा रहेका छन् । सशस्त्र प्रहरी बल नेपाल सिमा गुल्म विरगंजबाट खटिएको सशस्त्र प्रहरीको टोलीले भारतबाट नेपाल तर्फ आउदै गरेको मानिसहरुलाई चेकजाँच गर्ने क्रममा लागूपदार्थ फेला पारी उक्त लागूपदार्थ सहित निजहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धानको लागि वडा प्रहरी कार्यालय विर्ता पठाईएको छ । यस सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

३.      सिरहा, बरियारपट्टी गाउँपालिका १ बडहरी चेकप्वाईन्ट स्थितबाट अवैध लागूऔषध ब्राउन सुगर १ ग्राम, BR 32 BC 9045 नं.को भारतीय मोटरसाईकल सहित १ जनालाई शनिबार साँझ प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा जिल्ला सिरहा बरियारपट्टी गाउँपालिका १ बस्ने राम दयाल यादवको छोरा अन्दाजी बर्ष २३ को लक्ष्मी कुमार यादव रहेका छन् । सशस्त्र प्रहरी बल BOP बडहरीबाट खटिएको सशस्त्र प्रहरीको टोलीले भारतबाट नेपाल तर्फ आउँदै गरेको मोटरसाईकल रोकी चेकजाँच गर्ने क्रममा लागूपदार्थ फेला पारी उक्त लागूपदार्थ सहित निजलाई नियन्त्रणमा लिई थप अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय महेशपुरपतार पठाएको छ । यस सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

४.      महोत्तरी, बर्दिबास नगरपालिका १ पुरानो नगरपालिका स्थितबाट अवैध लागूऔषध Spasmo proxyvon plus ९६ पिस, Nitrazepam IP १४३ पिस, बा १४ प २१०९ नं. को मोटरसाईकल सहित १ जनालाई शनिबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा जिल्ला धनुषा मिथिला नगरपालिका ३ लालभित्ति बस्ने शंकर बि.क.को छोरा अन्दाजी बर्ष २१ को दिपक बि.क.रहेका छन् । इलाका प्रहरी कार्यालय बर्दिवासबाट खटिएको प्रहरीको टोलिले उक्त लागूऔषध सहित निजलाई प्रहरीले नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

५.      रौतहट, चन्द्रपुर नगरपालिका ५ स्थित चन्द्रनिगाहपुर अस्पतालको अगाडी रहेको सगुन फार्मेसीबाट अवैध लागूऔषध Tramadol Hydrochloride Capsules - १४३ पिस सहित फार्मेसीका संचालकलाई शनिबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा जिल्ला रौतहट, चन्द्रपुर नगरपालिका ६ बस्ने हरिद्धार प्रसादको छोरा अन्दाजी बर्ष ४८ को सुरेश चौधरी रहेका छन् । विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय चन्द्रनिगाहापुरबाट खटिएको प्रहरीले टोलिले लागूऔषध फेला पारी उक्त लागूऔषध सहित निजलाई प्रहरीले नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

६.      पर्सा, विरगंज महानगरपालिका १६ इनर्वाबाट अवैध लागुऔषध खैरो हेरोईन ३ ग्राम ३७ मिलिग्राम, बा ८६ प २१ नं.को मोटरसाईकल सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा जिल्ला मकवानपुर हेटौडा उप-महानगरपालिका ७ कमाने टोल बस्ने राजु थापा मगरको छोरा अन्दाजी बर्ष २९ को अन्जन थापा र सोहि स्थान बस्ने अन्दाजी बर्ष १९ को रमेश बम्जन रहेका छन् । प्रहरी चौकी इनर्वा, लागूऔषध ब्यूरो शाखा कार्यालय विरगंज र सानो पाईलाको संयुक्त टोलीले रक्सौलबाट विरगंज तर्फ आउँदै गरेको मोटरसाईकल रोकी चेकजाँच गर्दा लागू पदार्थ फेला पारी उक्त लागू पदार्थ सहित निजहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

७.      पर्सा, विरगंज महानगरपालिका १६ बैष्णोदेवी मन्दिर नजिकबाट अवैध लागूऔषध नाईट्राभेट - ४२ पिस र स्पास - ११ पिस सहित ३ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला पर्सा विरगंज महानगरपालिका २ छप्कैया बस्ने मोहम्द आलमको छोरा अन्दाजी बर्ष ३५ को ओसिम ठकुराई, जिल्ला मकवानपुर हेटौडा उप-महानगरपालिका १० बस्ने अकलेश्वर दासको छोरो अन्दाजी बर्ष ३७ को राजु बानिया र जिल्ला बारा कलैया उप-महानगरपालिका ६ बस्ने अन्दाजी बर्ष ५२ को अलिहदन मियाँ रहेका छन् । विशेष सूचनाको आधारमा प्रहरी चौकी गणेश टोल र लागू औषध नियन्त्रण ब्यूरो शाखा विरगंजबाट खटिएको संयुक्त प्रहरीको टोलिले चेकजाँच गर्दा लागूऔषध फेला पारी उक्त लागूऔषध सहित निजहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

८.      पर्सा, विरगंज महानगरपालिका १६ स्थितबाट अवैध लागूऔषध खैरो हेरोईन ०.७७ ग्राम, ना २१ प ३५८४ नं.को मोटरसाईकल सहित १ जनालाई आईतबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा जिल्ला पर्सा बहदुरामाई नगरपालिका ६ गमहरिया टोल बस्ने सुरेश साह तुरहाको छोरा अन्दाजी बर्ष २९ को बिरजु साह तुरहा रहेका छन् । प्रहरी चौकी इनर्वा र लागू औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विरगंजबाट खटिएको संयुक्त प्रहरी टोलिले उक्त लागू पदार्थ सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार
मोटरसाईकल सहित चोर (मानिस) पक्राउ ।
२०८३-०३-१२

१.      धनुषा, जनकपुर उपमहानगरपालिका ०९ स्थितबाट मधेश प्रदेश ०२-०१० प ५९०३ नम्बरको मोटरसाईकल चोरी गर्ने क्रममा मकवानपुर बागमती नगरपालिका ०३ बस्ने नन्दलाल तामाङ्गको छोरा अन्दाजी वर्ष २२ को प्रेम बहादुर तामाङ्गलाई बिहिबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । काब्या अस्पताल अगाडि जिल्ला महोत्तरी रामगोपालपुर नगरपालिका ०६ बस्ने अन्दाजी बर्ष ३० को विजय कुमार यादवले पार्किङ्ग गरी राखेको स्थानबाट उक्त मोटरसाईकल चोरी गर्ने क्रममा वडा प्रहरी कार्यालय मुझेलियाबाट खटिएको प्रहरीले मोटरसाईकल सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

कटुवा पेस्तोलको गोली सहित मानिस पक्राउ ।
२०८३-०३-११

१.      सप्तरी, बलानबिहुल गाउँपालिका-३ टिकुलिया स्थितबाट गैर कानूनी कटुवा पेस्तोलको २ (दुई) राउण्ड गोली सहित १ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही स्थानमा बस्ने पाण्डव पासवानको छोरा अन्दाजी बर्ष ३२ को शुभाष पासवान रहेका छन् । प्रहरी चौकी बेल्ही सप्तरीबाट खटिएको प्रहरी चेकिङ् टोलिले बेल्हीबाट टिकुलिया तर्फ जादै गरेको निज शुभाष पासवान माथी शंका लागी चेकजाँच गर्दा निजको साथबाट उक्त २ (दुई) राउण्ड गोली फेला पारी गोली सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।   

लागु औषध सहित मानिस नियन्त्रणमा
२०८३-०३-१०

१.      सिरहा, लक्ष्मीपुरपतारी गाउँपालिका-२ स्थितबाट अवैध लागूऔषध खैरो हेरोइन ४.०५ ग्राम, म.प्र. ०१-००५ प ०९२४ नम्बरको मोटरसाईकल सहित २ जनालाई मंगलबार राति प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा सिरहा लहान नगरपालिका-१० बस्ने अन्दाजी बर्ष २३ को मो. कलाम मन्सुरी र सोहि नगरपालिका ६ बस्ने अन्दाजी बर्ष २३ को आयुष भुजेल रहेका छन् । इलाका प्रहरी कार्यालय महेशपुरपतार र लागूऔषध व्युरो शाखा कार्यालय गोलबजारबाट खटिएको संयुक्त प्रहरी टोलीले लदनियाबाट लहान तर्फ आउँदै गरेको मोटरसाईकल चेकजाँच गर्दा उक्त लागूपदार्थ सहित निजहरुलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । २.      धनुषा, मिथिला नगरपालिका-७ ढल्केवरबाट अवैध लागूऔषध खैरो हेरोइन ८.४४० ग्राम, ज १३ प १३२८ नम्बरको मोटरसाईकल सहित धनुषा मिथिला नगरपालिका-१ लक्ष्मी निवास बस्ने ब्रहमदेव यादवको छोरा अन्दाजी बर्ष २३ को बिजय यादवलाई मंगलबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय ढल्केवरबाट खटिएको प्रहरी टोलीले ढल्केवर बजारबाट बर्दिवास तर्फ जाँदै गरेको मोटरसाईकल चेकजाँच गर्दा उक्त लागूपदार्थ सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

लागु औषध सहित मानिस नियन्त्रणमा
२०८३-०३-०९

१.      पर्सा, बिरगंज महानगरपालिका-१४ गण्डक चोक स्थित चेकपोष्टबाट बिल बिजक फरक भएका खुद्रा सामानहरु सहित बा.प्र.०३-००१ ख ३३४६ नम्बरको मालवाहक ट्रक मिति २०८३ असार ०२ गते राजश्व अनुसन्धान कार्यालय पथलैया, बारा पठाइएकोमा उक्त ट्रकको सामानहरु राजश्व अनुसन्धान कार्यालय पथलैयाद्वारा चेकजाँच तथा भौतिक गणना गर्ने क्रममा खुद्रा सामानहरु बाहेक थप लागूऔषध Tramadol Hydrochloride Capsules (Tramodol-50) - १,२०,६२० (एक लाख बिस हजार छ सय बिस) पिस फेला परेको हुँदा उक्त मालवाहक ट्रक, सामानहरु र प्रतिबन्धित लागूऔषध सहित पुन: जिल्ला प्रहरी कार्यालय पर्सामा पठाईएको छ । यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।