लागु औषध सहित मानिस नियन्त्रणमा ।
२०८३-०२-०१
- A
- A-
- A+
१.
सप्तरी, खड्क नगरपालिका ०५ रंजितपुरबाट अवैध
लागूऔषध गाँजा १४३ किलो २१६ ग्राम, को १ च २६६७ नम्बरको पिकअप भ्यान सहित २ जनालाई
बिहिबार साँझ प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा धनकुटा साङगुरीगढी
गाउँपालिका ०१ बस्ने अन्दाजी बर्ष ३१ को महा प्रसाद लिम्बु र मोरङ लेटाङ नगरपालिका
०५ बस्ने अन्दाजी बर्ष ४७ को बल बहादुर लिम्बु पक्राउ परेका छन् । इलाका प्रहरी
कार्यालय कल्याणपुर र प्रहरी चौकि बिसनपुरको संयुक्त प्रहरी टोलिले धरानबाट लहान
जाँदै गरेको पिकअप भ्यान चेकजाँच गर्दा उक्त गाँजा सहित उनिहरुलाई प्रहरीले
नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।