अवैध फर्सीको बिउ नियन्त्रणमा
२०८३-०२-२८
- A
- A-
- A+
रौतहट, बौधिमाई नगरपालिका-७ बाडा बंकुल टोलबाट अबैध ३२२ बोरा अन्दाजि मुल्य रु.९०,१६,०००।- (नब्बे लाख सोह्र हजार रुपैयाँ) बराबरको फर्सीको बिउ बुधबार साँझ प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय सिरहा, मातहत र सशस्त्र प्रहरीबाट खटिएको संयुक्त प्रहरी चेकिङ् टोलिले गोप्य सुचनाको आधारमा बाडा बंकुल टोलको मस्जिद पछाडि नेपाल भारत सिमानाको बाटोको छेउमा त्रिपालले छोपी लुकाई छिपाई राखिएको अवस्थामा उक्त बिउ फेला पारी नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कारवाहीको लागी भन्सार कार्यालय बुझाईएको छ ।