लागु औषध सहित मानिस नियन्त्रणमा
२०८३-०२-२६
- A
- A-
- A+
१.
पर्सा, बिन्दावासिनी गाँउपालिका-०२
बहुअर्वाभाट्टा स्थितबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ ३ ग्राम १० मिलिग्राम सहित १
जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पटेर्वा सुगौली गाउँपालिका-०४
सुगौली टोल बस्ने डोमा दास थारुको छोरा अन्दाजि बर्ष ४२ को गौरी शंकर प्रसाद थारु रहेका छन् । वडा प्रहरी
कार्यालय श्रीपुर पर्साबाट खटिएको प्रहरी चेकिङ् टोलिले उक्त लागूऔषध सहित निजलाई
नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।
धनुषा, मिथिला बिहारी नगरपालिका-५ ललिया चोक स्थितबाट अवैध लागूऔषध Nitrazepam-10 tab ६७ पिस, मधेश प्र. २-०२-००८ प.४६४९ नम्बरको मोटरसाइकल सहित ३ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मिथिला बिहारी नगरपालिका-०३ बस्ने राम प्रसाद मंडलको छोरा अन्दाजि बर्ष ३८ को अबध किशोर मंडल, सोही स्थानमा बस्ने अनरजित मंडलको छोरा अन्दाजि बर्ष २० को नितेश कुमार मंडल र सोही स्थानमा बस्ने राजिन्द्र मंडलको छोरा अन्दाजि बर्ष ३० को मेथुल कुमार मंडल रहेका छन् । प्रहरी चौकी ललिया धनुषाबाट खटिएको प्रहरी चेकिङ् टोलिले निजहरुलाई उक्त लागूऔषध र मोटरसाइकल सहित नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।