लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८३-०२-२५
- A
- A-
- A+
१. सिरहा, बरियारपट्टी गाउँपालिका-३ हवलदार चोक स्थितबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ १ ग्राम सहित १ जनालाई शुक्रवार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा औरहि गाउँपालिका-०१ दरहिया टोल बस्ने चलितर ठाकुरको छोरा अन्दाजी बर्ष २६ को कासिन्द्र ठाकुर रहेका छन् । जिल्ला प्रहरी कार्यालय सिरहा, इलाका प्रहरी कार्यालय बरियारपट्टी र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय गोलबजार सिरहाबाट खटिएको संयूक्त प्रहरी चेकिङ् टोलिले निजलाई उक्त लागूऔषध सहित नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।
२. सप्तरी,
सप्तकोशी नगरपालिका-०१ हेडबाँन्ध स्थितबाट अवैध लागूऔषध गाँजा १३ किलो २२० ग्राम सहित १ जनालाई
शुक्रवार बिहान प्रहरीले पक्राउ
गरेको छ । पक्राउ पर्नेमा सप्तकोशी
नगरपालिका-०१ बस्ने खड्क बहादुर कार्कीको
छोरा अन्दाजि बर्ष ४३ को भुपराज कार्की रहेका छन् । प्रहरी चौकी फत्तेपुर सप्तरीबाट
खटिएको प्रहरी गस्ती टोलिले निजलाई उक्त लागूऔषध सहित नियन्त्रणमा लिएको हो । यस
सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।