लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८३-०२-२२
- A
- A-
- A+
१.
बारा, बिश्रामपुर गाउँपालिका-२ बरैनिया बजार स्थितबाट
अवैध लागूऔषध ब्राउन सुगर जस्तो
देखिने पदार्थ १७ ग्राम ३९० मिलिग्राम, BR05BT3756 नम्बरको
मोटरसाइकल सहित २ जनालाई बिहिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा
देश भारत मोतिहारी जिल्ला हरपुर पञ्यायत नम्बर०६ बस्ने ब्रमदेव साहको छोरा अन्दाजि
बर्ष २१ को राकेश कुमार साह र जिल्ला पर्सा जगरनाथपुर गाउँपालिका-०६ सन्ठी गाउँ
बस्ने राम मगिज्ञाको छोरा अन्दाजि बर्ष २० को अजित मगिज्ञा रहेका छन् । इलाका
प्रहरी कार्यालय प्रसौनी, लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विरगंज, पर्सा र
इलाका प्रहरी कार्यालय छतवा बाराबाट खटिएको संयुक्त प्रहरी चेकिङ् टोलिले
निजहरुलाई उक्त लागूऔषध एवम् मोटरसाइकल सहित नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा
प्रहरीले अनुसन्धान गरिरहेको छ ।
२.
सिरहा, गोलबजार नगरपालिका-६ गोलबजार गोलबजार
टोल स्थितबाट अवैध लागूऔषध गाँजा ९ किलो ८९५ ग्राम सहित १ जनालाई बिहिबार दिउँसो
प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा देश भारत जिल्ला उत्तरकाशी बस्ने निरज
थापाको श्रीमती अन्दाजि वर्ष ३५ की कमला देवी रहेका छन् । इलाका प्रहरी कार्यालय
गोलबजार सिरहाबाट खटिएको प्रहरी चेकिङ् टोलिले निजलाई उक्त लागूऔषध सहित
नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।
३.
सिरहा, गोलबजार नगरपालिका-६ गोलबजार गोलबजार
टोल स्थितबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ ४० मिलिग्राम सहित १ जनालाई बिहिबार साझँ
प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरहा धनगढीमाइ नगरपालिका-८ कसहा वस्ने
राम कुमार यादवको छोरा अन्दाजि वर्ष २३ को धिरज कुमार यादव रहेका छन् । इलाका
प्रहरी कार्यालय धनगढी र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय गोलबजार सिरहाबाट
खटिएको संयुक्त प्रहरी चेकिङ् टोलिले निजलाई उक्त लागूऔषध सहित नियन्त्रणमा लिएको
हो । यस सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।