लागु औषध सहित मानिस नियन्त्रणमा
२०८३-०२-२५
- A
- A-
- A+
१. सिरहा, बरियारपट्टी
गाउँपालिका-३ हवलदार चोक स्थितबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ १
ग्राम सहित १ जनालाई शुक्रवार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा
औरही गाउँपालिका-०१ दरहिया टोल बस्ने चलितर ठाकुरको छोरा अन्दाजी बर्ष २६ को कासिन्द्र
ठाकुर रहेका छन् । जिल्ला प्रहरी कार्यालय सिरहा, इलाका
प्रहरी कार्यालय बरियारपट्टी र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय गोलबजार
सिरहाबाट खटिएको संयूक्त प्रहरी चेकिङ् टोलिले निजलाई उक्त लागूऔषध सहित निजलाई नियन्त्रणमा
लिएको हो । यस सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।
२. सप्तरी, सप्तकोशी
नगरपालिका-०१ हेडबाँन्ध स्थितबाट अवैध लागूऔषध गाँजा १३ किलो २२० ग्राम सहित १
जनालाई शुक्रवार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तकोशी
नगरपालिका-०१ बस्ने खड्क बहादुर कार्कीको छोरा अन्दाजि बर्ष ४३ को भुपराज कार्की रहेका छन् । प्रहरी चौकी
फत्तेपुर सप्तरीबाट खटिएको प्रहरी गस्ती टोलिले निजलाई उक्त लागूऔषध सहित
नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।