लागु औषध सहित मानिस नियन्त्रणमा ।
२०८३-०२-२८
- A
- A-
- A+
१.
सिरहा, सखुवानन्कारकट्टी गाउँपालिका-५
ईटहर्वाबाट वेवारिसे अवैध लागूऔषध गाँजा ७६ किलोग्राम बुधबार साँझ प्रहरीले
नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय लहान र इलाका प्रहरी कार्यालय
महेशवरी सिरहाबाट खटिएको संयुक्त प्रहरी चेकिङ् टोलिले सखुवानन्कारकट्टी गाउँपालिका-५
ईटहर्वा बस्ने जिवछ गोप यादवको छोरा अन्दाजि बर्ष ४४ को आनन्द कुमार यादवको गोठ
घरमा उक्त लागूऔषध गाँजा लुकाई छिपाई राखेको अवस्थाबाट
फेलापारी नियन्त्रणमा लिएको हो । फरार रहेको निज आनन्द कुमार यादवको खोजतलास
भईरहेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
सिरहा, लहान नगरपालिका-३ लहान बजार स्थितबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ १३ ग्राम १४० मिलिग्राम सहित २ जनालाई बुधबार राती प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरी बलानबिहुल गाउँपालिका-४ बेलही टोल घर भई हाल जिल्ला सिरहा लहान नगरपालिका-०३ बस्ने रजनीकान्त मण्डलको छोरा अन्दाजि बर्ष २३ को अजित कुमार मण्डल र सिराहा धनगढीमाई नगरपालिका-४ धनगढी बस्ने रामु चौधरी थारुको छोरी अन्दाजि बर्ष २४ की लक्ष्मी कुमारी चौधरी रहेका छन् । इलाका प्रहरी कार्यालय लहान र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय सिरहाबाट खटिएको संयुक्त प्रहरी चेकिङ् टोलिले निजहरुलाई उक्त लागूऔषध सहित नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।